News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही गर्न सक्ने

    हिमालीसंचार संवाददाता
    २०० पटक

    काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनका घटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन गरेको छ ।

    निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्कालै कारबाही गर्न सक्ने अधिकारसहित देशका विभिन्न स्थानमा आयोगले १९ वटा टोली फिल्डमा खटाएको हो । 

    सो टोलीलाई आचारसंहिता उल्लंघन भएको पाइए तत्काल कारबाही गर्न सक्ने अधिकार दिएर फिल्डमा पठाइएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

    ‘कहीँकतै आचारसंहिता उल्लंघनका घटना भयो भने फिल्डबाटै कारबाही गर्न सक्ने गरी आयोगले १९ वटा टोली खटाएको छ । ती टोलीले फिल्डबाटै एक्सन लिएर आचारसंहिता उल्लंघनकर्तालाई कारबाही गरेको आयोगमा जानकारी गराउनेछन्,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले  भने ।

    आयोगले ती टोलीलाई तुलनात्मक रूपमा संवेदनशील मानिएका स्थानमा खटाएको हो । अनुगमन टोलीलाई मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भएको वा नभएको अनुगमन गर्ने र त्यस्ता घटना भएको पाइए वा देखिए तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख १७, २०८२ (अप्रिल ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर

    काठमाडौं, वैशाख १६ – नेपाली सुन बजारमा मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी...

    एनआरएनए निर्वाचन समितिद्वारा पहिलो मतदाता नामावली सार्वजनिक

    काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि गठित निर्वाचन समितिले...

    एनआरएन अभियन्ताहरूको अपिल : तोकिएको समयमा नै महाधिवेशन गर्न जोड

    काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन नजिकिँदै गर्दा विभिन्न मुलुकबाट...

    आजको राशिफल

    आज वैशाख १६, २०८२ (अप्रिल २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...