News Portal

विश्व मौसम संगठनका अनुसार सन् २०२६ सम्म तापक्रम १.५ डिग्रीले बढ्ने

हिमालीसंचार संवाददाता
२५८ पटक

काठमाडौं – जलवायुसम्बन्धी पेरिस सम्झौताले पृथ्वीको तापमान वृद्धिलाई यो शताब्दीको अन्त्यसम्म १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्ने भने पनि आगामी ५ वर्षमै यो स्तरमा तापक्रम वृद्धि हुनसक्ने एक अध्ययनले देखाएको छ।

विश्व मौसम संगठन (ओएमआई) का लागि ११ वटा विभिन्न संस्थाका मौसमविद् सम्मिलित टोलीले सोमबार अबेर सार्वजनिक गरेको एक आकलनअनुसार तापक्रम वृद्धिको तोकिएको सीमा अबदेखि सन् २०२६ को अन्त्यसम्म कुनै पनि बेला पार हुन सक्ने ४८ प्रतिशत सम्भावना देखिएको छ।

गत वर्ष गरिएका केही आकलनले यो सम्भावना ४० प्रतिशत रहेको देखाएका थिए । एक दशकअघिसम्म यो सम्भावना १० प्रतिशत मात्र थियो । सन् २०१५ मा गरिएको पेरिस सम्झौताले १९औं शताब्दीको अन्त्यताकाको तापक्रमको तुलनामा पृथ्वीको तापक्रम वृद्धिलाई सकेसम्म १.५ प्रतिशतभन्दा बढीले बढ्न नदिने लक्ष्य लिएको छ। 

बेलायतको मौसम विज्ञान कार्यालयले संयोजन गरेको अध्ययन टोलीको आकलन अनुसार सन् २०२६ को अन्त्यसम्म विश्वले सर्वाधिक गर्मीको सामना गर्न सक्नेछ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...