News Portal

आगामी जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला हुने

हिमालीसंचार संवाददाता
५६७ पटक

काठमाडौं – यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको छ। विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गर्न लागेको हो।

योसँगै यसअघि २ वर्षसम्म लाइसेन्सको परीक्षा दिन प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने यसअघिका लाइसेन्सका लागि परीक्षा दिन बाँकी रहेकाको परीक्षा लिइसक्ने विभागमा महानिर्देशक नमराज घिमिरेले बताए। आगामी दिनमा विभागले प्रणालीबाट नै मूलकभरको सेवा कार्यालयमा आवेदन लिन सक्नेछन् । 

आवेदकले आवेदन दिँदा कुनै पनि सेवा कार्यालयमा सम्पर्क मिति १५ दिनभन्दा बढीको नहुने र सो समयभन्दा बढी लाग्ने देखिएमा आवेदन नलिने गरी सिस्टम विकास गर्न लागेको विभागका महानिर्देशक घिमिरेले बताए । यसले गर्दा हाल देखिएको लामो समय प्रतीक्षा सूचीमा बस्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ रहेको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...