News Portal

तीनथरी मतदाता फकाउँदै नेकपा एमाले

हिमालीसंचार संवाददाता
२४८ पटक

काठमाडौं – स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीनथरी मतदातासँग मत मागेको छ। निर्वाचनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमार्फत नयाँ थपिएका, पुराना र युवा पुस्ताका मतदातासँग पार्टीका उम्मेदवारका पक्षमा मत मागेका हुन्। उद्योगी व्यवसायी, किसान, श्रमिकलाई पनि सम्बोधन गर्दै ओलीले मत मागे। ओलीले आगामी पाँच वर्षभित्र मुलुकका सबै गाउँ, नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहित समतामूलक एवं समृद्ध बनाउने प्रतिज्ञा गरेका छन्।

पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसप्रति निकै आक्रामक बनेका ओलीले एमाले नेतृत्वको सरकारका पालामा मुलुकलाई समृद्धिको बाटोतर्फ उन्मुख गराएको दाबी गर्दै स्थानीय चुनावको मुखमा मतदाता फकाउने प्रयास गरेका हुन्। 

उनले बहुदलीय शासन व्यवस्था स्थापनापछिका वर्षमा एमालेले करिब सात वर्ष आफ्नै नेतृत्वको सरकार र करिब तीन वर्ष संयुक्त सरकारमा सहभागी भई काम गर्ने अवसर पाएको बताए। उनले यस अवधिमा काँग्रेसले करिब २० वर्ष आफ्नै नेतृत्वको सरकार र करिब सात वर्ष संयुक्त सरकारमा सहभागी हुँदा पनि युवा, प्रौढ तथा बेरोजगारका लागि कुनै पनि कार्यक्रम र योजना नल्याएको आरोप लगाए। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...