News Portal

१४ दिनपछि बल्ल उठ्यो फोहोर

हिमालीसंचार संवाददाता
२०९ पटक

काठमाडौं – स्थानायबासाका अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ। पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर विसर्जन भएको हो।

मुबु-तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए। फोहोरका कारण राजधानीलगायत उपत्यकाका १८ स्थानीय निकायको फाहोर व्यवस्थापन हुन नसकेर दुर्गन्धित भएपछि सरकारले प्रहरी परिचालन मारी उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिलमा लगेको हो।

कामपाको वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईका अनुसार शनिबार बिहान करिब १ सय ४६ ट्रक फोहोर सिसडोल पुयाइएका थियो। दिउँसो भने पानी परेका कारण फोहोर व्यवस्थापन रोकिएको थियो। उनका अनुसार विभागले गृह मन्त्रालयलाई पत्राचार गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी परिचालन गरी फोहोर विसर्जन गरेको हो।

तविभागीय प्रमुख राईले भने स्थानीयसँग नियमित छलफल भइरहेको छ। सडक निर्माणको काम हुँदाहुँदै स्थानीयले राजमार्गमा फोहोरका गाडी गुइन नदिने भन्दै नयाँ माग राखेर बाटो अवरुद्ध गरेका हुन्। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...