News Portal

शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार

हिमालीसंचार संवाददाता
१८६ पटक

काठमाडौं – हाल अड लटको मात्र कारोबार हुँदै आएको शुक्रवार पनि सेयर बजारमा नियमित कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल आइतबारदेखि बिहीबारसम्म पाँच दिन नियमित कारोबार हुँदै आएको छ भने शुक्रबार ‘अड लटको मात्र कारोबार हुँदै आएको छ।

सरकारले पेट्रोलियम पदार्थको बचत गर्ने नाममा १ जेठदेखि शनिवार र आइतबार सातामा दुई दिन बिदा दिने घोषणा गरेका कारण नियमित सेयर कारोबार चार दिनमा खुम्चने आशङ्काका बीच नेपाल धितोपत्र बोर्डले शुक्रवार पनि नियमित कारोबार पाँचै दिन गरिने जनाएको हो।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरअनुसार सेयर बजार शुक्रबार पनि खोल्ने निर्णय गरिएको जानकारी दिए । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...