News Portal

जन-जागृति युवा समाज कुवेतको अध्यक्षमा आनन्द आचार्य

हिमालीसंचार संवाददाता
३२३ पटक

कुवेत – जन-जागृति युवा समाज कुवेतको अध्यक्षमा आनन्द आचार्य सर्वसम्मत निर्वाचित भएका छन । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो ६ मे २०२२ का दिन सम्पन्न छैटौं अधिवेशनले आनन्द आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ ।          संस्थाका कार्यवाहक अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा एवं नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थीको विशेष आतिथ्यता तथा संस्थाका संरक्षक, सल्लाहकार, कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी, पत्रकार, प्रतिनीधि, बुद्धिजीवि, समाजसेवी लगायतको आतिथ्यता एवं खेलाडी, कलाकार लगायत जन-जागृति युवा समाज कुवेतमा आवद्ध दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो।

अधिवेशन समारोहलाइ सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि महामहिम दुर्गा प्रसाद भण्डारीले जन-जागृतिले गरेका राम्रा कार्यहरूको प्रसंशा गरे।
अधिवेशन समारोहमा शुभकामना मन्तव्य दिने बक्ताहरूले जन-जागृति युवा समाज सानो समुहमा रहेर पनि धेरै कार्य गरेकोमा सबैले जन-जागृतिको सिको गर्नु पर्ने बताएका थिए । अधिवेशनमा एनआरएनए अध्यक्ष रणध्वज लामा, पत्रकार महासंघका अध्यक्ष नबराज पन्थी तथा बुद्धिजीवि इन्द्र प्रसाद पोखरेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए भने सस्थाका निवर्तमान अध्यक्ष टिकाराम आचार्यले संस्थाका गतिविधिका बारेमा प्रकास पारेका थिए।

जन-जागृतिले हरेक अधिवेशनमा कुवेतमा कृयाशिल संघ संस्था रमध्येबाट उत्कृष्ट कार्य गर्ने संघ संस्थालाइ सम्मान गर्दै आए जस्तै यस पटक कोरोना महामारीको समयमा कुवेतमा कार्यरत नेपाली श्रमिकहरुको राहत उद्धारको लागि गरेको मानविय र सामाजिक कार्यको उच्च मुल्यांकन गर्दै एनआरएनए कुवेतलाई कदर पत्र प्रदान गरिएको थियो भने संस्थाका निवर्तमान अध्यक्ष टिकाराम आचार्य र सदस्य लाल बहादुर तामाङलाइ सम्मान गरिएको थियो।

संस्थाका महासचिव जिवन सुनारको कार्यक्रम संचालन, उपाध्यक्ष राम बहादुर योन्जन तामाङको स्वागतमा आयोजित अधिवेशन कार्यक्रममा संस्थाका संरक्षक छत्र बहादुर कार्कीले संस्थाको पाँचौ अधिवेशनदेखि छैटौं अधिवेशन अघिसम्मको आय व्यय विवरण प्रस्तुत गरेका थिए भने संरक्षक कार्कीको नेतृत्वमा रहेको निर्वाचन समितिले सर्व सम्मतिमा सार्वजनिक गरेको नयाँ कार्य समितिको घोषणा पश्चात सभाध्यक्ष आनन्द आचार्यले अधिवेशन सम्पन्न गर्न प्रत्यक्ष परोक्ष रूपमा सहयोग गर्ने सबैलाइ धन्यवाद दिंदै अधिवेशन सम्पन्न भएको थियो।

छैटौं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समिति

१- आनन्द आचार्य – अध्यक्ष
२- राम बहादुर योन्जन – वरिष्ट उपाध्यक्ष
३- जिवन कुमार सुनार -कार्यकारी उपाध्यक्ष
४- कृष्ण सुनार – महासचिव
५ – सन्तोस सुनार – सचिव
६ – मिरा बि पौडेल – सहसचिव
७ – सुर्यचन्द्र श्रेष्ठ – कोषाध्यक्ष (अक्षय कोष)
८ – मिलन तामाङ – कोषाध्यक्ष (बचत कोष)

कार्य समिति सदस्यहरु (संख्या ५)
लाल बहादुर तामाङ, कल्पना कार्की, एच पि खत्री, कमल नेयौपाने, राजेन्द्र श्रेष्ठ,

संस्थाका सदस्यहरू
टिकाराम आचार्य , छत्र कार्की, कोपिला शाही, पुर्णिमा तामाङ, उत्तम वाईबा, टंक कार्की, सुष्मा राई, मोतिलाल बलाल, गंगा पुन मगर, कृष्ण गुरुङ्ग, शान्ति राई, सुनिता तामङ, बाल कुमारी चन्द, पानारुबी तामाङ, पार्बती बन्जाडे, सन्जिब शाह, लक्ष्मी माया तामाङ, सोनाम लामा, अबि तामाङ, सुक बहादुर तामाङ, सुर्य प्रसाद खनाल, तिलक खनाल, संदिप कुमार गुप्ता, रितु माया राई, उमा राई ।

 

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...