News Portal

सुर्खेतको सिम्तामा एमाले कार्यकर्ताले गरे काँग्रेस वडाध्यक्षका उम्मेदवारलाई आक्रमण

हिमालीसंचार संवाददाता
११२४ पटक

सिम्ता। सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ। बिहिबार राति ११ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–६ राकमका काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार गुलाब सिंह ठकुरी “लोकेन्द्र”लाई एमालेका कार्यकर्ताले आक्रमण गरेका हुन।

झडपमा वडा अध्यक्षका प्रत्यासी गुलाब सिंह ठकुरी “लोकेन्द्र” र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन्। आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले बताए।

करिब ५० जना एमालेका कार्यकर्ताको समूहले राकम बजारमा रहेको मोहन मल्लको होटलमा बसिरहेका काँग्रेस​ उम्मेदवारलाई आक्रमण गरेका थिए। प्रहरीले अवस्था नियन्त्रणमा लिन २ सेल अश्रु ग्याँस फायर गरेको थियो। घाइते दुईजनाको अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...