News Portal

सशस्त्रको एआईजी बढुवामा ‘चलखेल’

हिमालीसंचार संवाददाता
२४९ पटक

काठमाडौं – सशस्त्र प्रहरी बलका एआईजी राजु अर्याललाई सरकारले यही वैशाख १८ गते आईजीपीमा नियुक्त गर्‍यो। त्यससँगै सशस्त्रको एआईजीका लागि २ पद रिक्त भए। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम ९१० को ९क० बमोजिम डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ।

रिक्त दुई पदका लागि अन्य उम्मेदवारलाई पाखा लगाउँदै पौडेललाई मात्रै बढुवा सिफारिस गरेपछि अहिले यो विषय पेचिलो बनेको छ। समान क्षमताका अन्यलाई पछि पार्ने नियतले पौडेललाई भावी आईजीपीका लागि उम्मेदवार बनाउने हिसावले एक पदमा मात्रै बढुवा गरिएको सरोकारवालाहरू बताउँछन्। 

नाम नबताउने शर्तमा सशस्त्र प्रहरीका पूर्वउच्च अधिकारी भन्छन्, ‘यहाँ त सिधै चलखेल भएको छ। खाली भएका दुइटा ठाउँमा एउटाको मात्रै बढुवा सिफारिस गर्ने कारण के हो रु सम्बन्धित पक्षले जवाफ दिनुपर्छ। नियतबस पौडेललाई एआईजी बनाएर भावी आईजीपीका लागि तयार गरिएको हो।’ 

सशस्त्रमा दुई एआईजी पद रिक्त भए पनि पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट बनेका हुन्। वैशाख १८ गते आईजीपी नियुक्त भएका राजु अर्यालले संगठनमा विधि पद्धति कायम गर्न भूमिका खेल्ने आंकलन गरिए पनि उनी राजनीतिक नेतृत्वसामू निरीह देखिएका छन्। यो समाचार अन्नपूर्ण पोस्ट छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...