News Portal

संखुवासभा जिल्लाको माल्टामा “राई डाडा पार्क” नामाकरण

हिमालीसंचार संवाददाता
१८१ पटक

नवराज राई/संखुवासभा – संखुवासभा जिल्लाको खादबारी नगरपालिका वडा नं.५ माल्टा स्थित पुरानो नाम ‘राई डाडा’ स्थानीयको सक्रियतामा आफ्नो वास्तविक पहिचान सहितको एतिहासिक स्थलको नाम “राई डाडा पार्क” नामाकरण गरिएको छ।

स्थानीय सरोकार बुद्धिजिबीका अनुसार “पहिले नै हुनु पर्ने थियो तर भूल बस अन्य भए पनि अब उप्रान्त यस्ता अरू पनि ऐतिहासिक थात थलोहरुको सम्बद्धन, पूरानो सम्पदा जोगाउने अभियान जारी राख्नु पर्छ।”    ‘राई डाडा पार्क’ माल्टा, संखुवासभाको पुरानो नाम ‘राई डाडा’ स्थानीय सबैको मन मुटुमा रहेको थियो। पछिल्लो समय यस पार्कलाई सहिद पार्क नामाकरण गरिएको थियो। तर स्थानीयले वास्तविक पहिचान सहितको ऐतिहासिक नामकरण गरिएको हो।”

लोहोरुंग समाज केन्द्रिय कार्यसमितिका अध्यक्ष क्याप्टेन चित्रबहादुर राई, सचिव सुजिन राई र शंखुवासभा जिल्लाका लोहोरुंग समाज जिल्ला कार्य समितीका अध्यक्ष केदार राई लगायदका स्थानीय बुद्धिजीबी महानुभावहरुको विशेष उपस्थितिमा अनौपचारिक रुपमा “राई डाडा पार्क” नामाकरण गरिएको अध्यक्ष क्या. राईले बताए। 

त्यस्तै, किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राईले पनी यो “साह्रै प्रशंसनीय कार्य भएको बताउदै किरात राईहरुको इतिहास जसका लागि संखुवासभाबासी लोहोरुङ राई समाजका व्यक्तित्वहरुबाट हाम्रो एतिहासिक विरासत बोकेका राई डाडाको पहिचानलाई संरक्षण गर्ने महत्वपूर्ण काम गर्नु भएको छ ।” अध्यक्ष राईले प्रशंसा गरेका छन् । 

क्या. राईले थप आग्रह गरेका छन्; ‘अब बाकी अन्य कामहरु स्थानीय जनप्रतिनिधि, सरोकार वाला संस्था, बुद्धिजिबी महानुभावहरुले यस्ता पुरातात्विक महत्वका स्थानहरुको संरक्षण र सम्बर्धन गर्नु पर्ने देखिन्छ।’ यस्ता सामाजिक कार्यको लागि हाम्रो तर्फबाट सधै सहयोग रहने बताए। 

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...