News Portal

संखुवासभा जिल्लाको माल्टामा “राई डाडा पार्क” नामाकरण

हिमालीसंचार संवाददाता
२०७ पटक

नवराज राई/संखुवासभा – संखुवासभा जिल्लाको खादबारी नगरपालिका वडा नं.५ माल्टा स्थित पुरानो नाम ‘राई डाडा’ स्थानीयको सक्रियतामा आफ्नो वास्तविक पहिचान सहितको एतिहासिक स्थलको नाम “राई डाडा पार्क” नामाकरण गरिएको छ।

स्थानीय सरोकार बुद्धिजिबीका अनुसार “पहिले नै हुनु पर्ने थियो तर भूल बस अन्य भए पनि अब उप्रान्त यस्ता अरू पनि ऐतिहासिक थात थलोहरुको सम्बद्धन, पूरानो सम्पदा जोगाउने अभियान जारी राख्नु पर्छ।”    ‘राई डाडा पार्क’ माल्टा, संखुवासभाको पुरानो नाम ‘राई डाडा’ स्थानीय सबैको मन मुटुमा रहेको थियो। पछिल्लो समय यस पार्कलाई सहिद पार्क नामाकरण गरिएको थियो। तर स्थानीयले वास्तविक पहिचान सहितको ऐतिहासिक नामकरण गरिएको हो।”

लोहोरुंग समाज केन्द्रिय कार्यसमितिका अध्यक्ष क्याप्टेन चित्रबहादुर राई, सचिव सुजिन राई र शंखुवासभा जिल्लाका लोहोरुंग समाज जिल्ला कार्य समितीका अध्यक्ष केदार राई लगायदका स्थानीय बुद्धिजीबी महानुभावहरुको विशेष उपस्थितिमा अनौपचारिक रुपमा “राई डाडा पार्क” नामाकरण गरिएको अध्यक्ष क्या. राईले बताए। 

त्यस्तै, किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राईले पनी यो “साह्रै प्रशंसनीय कार्य भएको बताउदै किरात राईहरुको इतिहास जसका लागि संखुवासभाबासी लोहोरुङ राई समाजका व्यक्तित्वहरुबाट हाम्रो एतिहासिक विरासत बोकेका राई डाडाको पहिचानलाई संरक्षण गर्ने महत्वपूर्ण काम गर्नु भएको छ ।” अध्यक्ष राईले प्रशंसा गरेका छन् । 

क्या. राईले थप आग्रह गरेका छन्; ‘अब बाकी अन्य कामहरु स्थानीय जनप्रतिनिधि, सरोकार वाला संस्था, बुद्धिजिबी महानुभावहरुले यस्ता पुरातात्विक महत्वका स्थानहरुको संरक्षण र सम्बर्धन गर्नु पर्ने देखिन्छ।’ यस्ता सामाजिक कार्यको लागि हाम्रो तर्फबाट सधै सहयोग रहने बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...