News Portal

  • सत्ता गठबन्धनभित्र आशंका!

    हिमालीसंचार संवाददाता
    २०७ पटक

    काठमाडौं – सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ। सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो।

    सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि चितवनको भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबन्धनमा आशंका शुरू भएको छ। भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार माओवादीका रेणु दाहालविरुद्ध काँग्रेसबाटै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनुभएको छ। 

    पौडेललाई पार्टीले कारवाही गरे पनि उम्मेदवारी फिर्ता लिएका छैनन् । यस्ता खालको बागी उम्मेदवारीका कारण माओवादीले कांग्रेसलाई शंकाको दृष्टिले हेर्दै आएको छ। सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको उम्मेदवार बनेका धनराज आचार्यविरुद्ध पनि काँग्रेसबाटै विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक १० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...

    युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

    काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट...

    रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

    बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

    आज २०८२ साल कार्तिक २० गतेको राशिफल

    आज कार्तिक २०, २०८२ (नोभेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...