News Portal

‘मनी’ र ‘मसल’ ले चुनाव प्रभावित हुने चिन्ता

हिमालीसंचार संवाददाता
२५५ पटक

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन ‘मनी’ र ‘मसल’ले प्रभावित हुने होकि भन्ने डर आफूलाई लागेको टिप्पणी गरेका छन् । उनले मिथ्या सूचनाको प्रवाहले यस्तो हुनसक्ने बताउँदै मतदातालाई बहकाउमा पारे र आफ्नो पक्षमा ल्याउन खोज्ने तत्व हाबी हुन सक्नेप्रति सचेत गराए ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (एको-याब)ले तयार गरेको निर्वाचन आचार संहिता, २०७९ सार्वजनिकीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो विचार व्यक्त गरे । उनले भ भने “मनी र मसलले प्रभावित भए निर्वाचनप्रति नै अनास्था फैलिने र यसले लोकतन्त्रमाथि नै प्रश्न उठ्न सक्ने स्थिति आउन सक्छ ।”

उनले उम्मेदवारहरूबीच दुष्प्रचार, अपमानजनक र चरित्र हत्या गर्ने वाद्वेषपूर्ण अभिव्यक्ति दिने क्रम सुरु भइसकेको बताउँदै उक्त विषय गम्भीर रहेको स्पष्ट गरे । असामाजिक र अमानवीय तथा कसैको चरित्र हत्या र आत्मसम्मानमाथि चोट पुग्ने किसिमका र कसैलाई लाञ्छित गर्ने विषयमा टिप्पणी नगर्न उम्मेदवार तथा नेतृत्व वर्गलाई चेतावनी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ 

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...