News Portal

  • उम्मेदवारविरुद्ध मिथ्या सूचना र अभिव्यक्ति दिनेलाई कारबाहीको चेतावनी

    हिमालीसंचार संवाददाता
    १९० पटक

    काठमाडौं – निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारविरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

    आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोस्ट भइरहेको पाइएको भन्दै यस्ता गतिविधि रोक्न चेतावनी दिएका हुन्।

    उनले भने, ‘स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेको पाइएको छ। यस्ता गलत भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने कुसामग्री सामाजिक सञ्जालमा पोस्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच आउन सक्ने भएकाले यस्ता प्रकृतिका कार्य कुनै पनि हालतमा नगर्न नगराउन आयोग सबैलाई चेतावनी दिन्छ।’ 

    चुनावी आचारसंहिताविपरीत सामाजिक सञ्जालको प्रयोग गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय ऐन, २०७३ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने उनले बताए। आजको नागरिक दैनिकमा समाचार छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...

    युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

    काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट...

    रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

    बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

    आज २०८२ साल कार्तिक २० गतेको राशिफल

    आज कार्तिक २०, २०८२ (नोभेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...