News Portal

हङकङमा एक काउन्सिलरले गरिन आफ्नै कार्यालयमा आत्महत्या

हिमालीसंचार संवाददाता
४१८ पटक

युव राई,
हङकङ। हङकङकी एक महिला डिस्ट्रिक्ट काउन्सिलरले आफ्नै कार्यालयमा आइतवार दिउंसो आत्महत्या गरेकी छन्। पेङ चाउ र हे लिङ चाउ जिल्ला काउन्सिलर जोसेफिन साङले कोइला जलाएर आत्महत्या गरेको स्थानीय मिडियाले जनाएको छ।

दिउँसो १ः२३ बजे पेङ चाउको ५८ विङ अन स्ट्रिटको भुईं तलामा रहेको कार्यालयमा एक महिला कोइला जलाएर बेहोस भएको खबर प्रहरीलाई प्राप्त भएको थियो।

फायर सर्भिस विभागले कार्यालयको ढोका फोडेर भित्र पस्दा उनी मृत फेला परेकी हुन्। मृतक पेङ चाउ र हे लिङ चाउ टापुका जिल्ला परिषदका सदस्य जोसेफिन साङ साउ-हो रहेको खुलेको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

सेक्युरिटी म्यानेजरको रुपमा काम गर्ने साङ सामुदायिक मामिला, संस्कृति तथा मनोरञ्जन समिति, जिल्ला सुविधा व्यवस्थापन समिति र ट्राफिक तथा यातायात समितिलगायत विभिन्न जिल्ला परिषद् समितिका सदस्य थिइन्। उनी पर्यटन, कृषि, मत्स्यपालन, वातावरणीय सरसफाई तथा जलवायु परिवर्तन समितिको उपाध्यक्षसमेत थिइन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...