News Portal

‘डिजिटल’ प्रचारप्रसारको माध्यमलाई तीव्रता

हिमालीसंचार संवाददाता
२०३ पटक

काठमाडौं – स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले ‘डिजिटल’ प्रचारप्रसारको माध्यमलाई तीव्रता दिएका छन् । फेसबुक, ट्वीटर, टिकटक, युटुब, भाइबर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालबाट उम्मेदवारहरू आफ्ना प्रतिबद्धता व्यक्त गर्दै मत मागिरहेका छन् ।

निर्वाचनलाई आधार मानेर बनाइएका गीत पनि सामाजिक सञ्जालमा ‘अपलोड’ गरिरहेका छन् । यसका लागि उनीहरूले लाखौँ रुपैयाँ खर्च गरिरहेका छन्। राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धता व्यक्त गर्दै आफ्ना उम्मेदवारलाई मतदान गर्न अपिलसमेत गरिरहेका छन् । 

अहिले सामाजिक सञ्जालभरि उम्मेदवारका प्रचारप्रसार तीव्र रूपमा भइरहेको छ। पहिलापहिलाको निर्वाचनमा पोस्टर बनाएर गाउँघरको भित्तामा टाँस्ने गरिन्थ्यो । तर अहिले त्यो शैली हराएको छ। राजनीतिक दलहरूले आइटी तथा सामाजिक सञ्जाल चलाउन जान्नेलाई मोटो रकम तिरेर आफ्ना उम्मेदवारको प्रचारप्रसार गराइरहेका छन् । मिडिया सेन्टर स्थापना गरेर उनीहरूले विभिन्न भाषा तथा शैलीमा प्रचारप्रसार गरिरहेका देखिन्छ। आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...