News Portal

यातायात व्यवस्था विभागलले दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने

हिमाली संचार संवाददाता
६२५ पटक

पूर्णप्रसाद मिश्र 
काठमाडौँ– दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ ।

यातायात व्यवस्था विभागले असोज २४ गते बुधबारदेखि देशभर जुन सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज गर्ने घोषणा गरिसकेको छ । वर्ष दिनसम्म विभिन्न पेशा व्यवसायमा संलग्न भई राजधानीलगायत ठूला शहरमा बसेका मानिस राष्ट्रिय पर्व मनाउन घर जाने तयारीमा छन् ।

घर जाने तयारी गरेका यात्रुले सवारीको टिकट नपाएपछि विभागले ‘रुट परमिट’ खारेज गर्ने निर्णय गरेको हो । त्यसको खारेजीलाई पुराना सवारी निकालेर चलाउने अवसरका रुपमा व्यवसायीले उपयोग गर्न खोजेको सार्वजनिक यातायात सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले जानकारी दिए ।

‘नयाँ र पुरानो बसपार्कमा गरिएको नागरिक अनुगमनका क्रममा झ्यालमा सिसा नभएका, हेर्दै थोत्रा देखिने सवारी बसपार्कमा राखिएका छन्, यी सवारी हेर्दा लाग्छ २० वर्ष नाघिसकेका हुन्, तर हामीलाई सवारीको कागजपत्र हेर्ने अधिकार छैन, यस्ता सवारीका कारण बडा दशैँका समयमा दुर्घटना नहोस् भन्ने हाम्रो चिन्ता हो’, उनले भने ।

दशैँको चापमा ‘रुट परमिट’ खारेजी मात्र नभई ट्राफिक प्रहरीले सवारीको अवस्थाका बारेमा पनि ध्यान दिँदैनन् । सवारी मर्मत तथा सम्भार केन्द्र समेत नभएकाले ती सवारी गुड्न लायक हुन होइनन् भन्ने थाहा पाउन सकिँदैन ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय भने नियमित अनुगमन भइरहेकाले पुराना सवारी निकालिएको भए नियन्त्रणमा लिइ कारवाही गरिने बताउँछन् । विभागले आज बिहान कोटेश्वरमा गरेको अनुगमनमा रु ६०० भाडा तोकेको ठाउँमा रु ८०० लिने सवारीलाई कारवाही गरेको छ ।

अनुगमनका क्रममा बढी लिइएको भाडा फिर्ता गरिएको उनले जानकारी दिए । बिहानी अनुगमनका क्रममा बिपी राजमार्ग भएर पूर्व जाने सवारी स्थलगतरुपमै कारवाहीमा परेका छन् । बढी टिकट काट्ने काउन्टरलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी भएको विभागले जनाएको छ ।

यो मार्गमा चल्ने माइक्रो बसले बढी भाडा असुलीरहेको गुनासो यात्रुको छ । बसपार्कमा पुराना सवारी निकालेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि आएकाले नयाँ र पुरानो बसपार्कमा सतर्कता अपनाउन निर्देशन दिइएको सहप्रवक्ता दीपेश दाहालले जानकारी दिए ।

चाडबाडमा हुने गरेका दुर्घटनामा पुरानो सवारीका कारण हुनेको सङ्ख्या बढी नै रहेको यसअघि गठन भएको कार्यदल एवं जाँचबुझ समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । दशैँका अवसरमा प्रत्येक वर्ष २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गर्छन् । घटस्थापनादेखि नै उपत्यका बाहिरिने सवारीको सङ्ख्या बढ्ने गरेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...