News Portal

स्थानीय तह निर्वाचनका लागि सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमा

हिमालीसंचार संवाददाता
३५१ पटक

काठमाडौं – सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशिलताका आधारमा फिल्डमा खटाएको छ। सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।

स्थानीय तह निर्वाचनका सात प्रदेश र काठमाडौं उपत्यकाका तीन जिल्लालाई फरकफरक संख्या बाँडफाँट गरेर स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीलाई फिल्डमा खटाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । 

यस पाली सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशका आठ जिल्लामा खटाइएको छ । सो प्रदेशमा २१ हजार म्यादी खटाइएको छ । यसैगरी, सबैभन्दा कम संख्यामा काठमाडौं उपत्यकाका तीन जिल्लामा म्यादी प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ४ हजार ७ सय ११ जना म्यादी प्रहरी खटाइएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...