News Portal

स्वतन्त्र उम्मेदवारले चिह्न अपुग, फेरि मतपत्र छाप्नुपर्ने

हिमालीसंचार संवाददाता
२०८ पटक

काठमाडौं – विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ । केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्रअनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने देखिएको छ। जसले गर्दा आयोगले स्वतन्त्र उम्मेदवारी धेरै परेका स्थानीय तहका लागि फेरि मतपत्र छाप्ने तयारी गरेको छ।

शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनेको सङ्ख्यालाई समेत ध्यान दिई आयोगले यसअघि छापिएको मतपत्रमा चिह्न अपुग हुने पालिकाका लागि मात्र फेरि मतपत्र छाप्ने तयारी गरेको हो । 

आयोग स्रोतले भन्यो, ‘केही पालिकामा अनुमानभन्दा धेरैको उम्मेदवारी परेको छ। त्यसले गर्दा छापिएको मतपत्रमा समावेश गरिएको चिह्नले मात्र सबै उम्मेदवारलाई नपुग्ने देखिएको छ। अपुग हुने पालिकाको सङ्ख्या यकिन गरेर शनिबार वा आइतबार नयाँ व्यवस्था गर्दैछौं।’ उम्मेदवारलाई शनिबार चिह्न प्रदान गर्ने कार्यक्रम आयोगको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...