News Portal

इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति

हिमालीसंचार संवाददाता
२९३ पटक

काठमाडौं – नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडव्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको हो।

मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्ममा हासिल गर्नुपर्ने लक्ष्य चैत मसान्तअगाडि नै पूरा भइसकेको छ । मन्त्रालयका अनुसार चालू आवमा इन्टरनेट ग्राहकको घनत्व ९२ प्रतिशत पुयाउने लक्ष्य लिइएको थियो । 

गत आवसम्ममा ९० प्रतिशत रहेको घनत्व  अहिले भने १२२.५१ प्रतिशत पुगिसकेको छ । फागुन मसान्तमै ११६.९१ प्रतिशत रहेको इन्टरनेट ग्राहकको घनत्वमा चैतमा ५.६ प्रतिशतले वृद्धि भएको छ। यस्तै, फिक्स्ड ब्रोडब्यान्ड सेवा तथा मोबाइल ब्रोडब्यान्ड सेवा दुवैमा उल्लेख्य सुधार आएको छ। 

फिक्स्ड ब्रोडव्यान्डतर्फ गत आवसम्ममा २५.०९ प्रतिशत रहेकोमा चालू आवमा यसलाई २७.८१ प्रतिशतमा पुर्‍याउने लक्ष्य रहेको थियो । तर, चैत मसान्तसम्ममा कुल जनसङ्ख्याको ३१.६२ प्रतिशतमा यो सेवा पुगिसकेको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...