News Portal

इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति

हिमालीसंचार संवाददाता
२४८ पटक

काठमाडौं – नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडव्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको हो।

मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्ममा हासिल गर्नुपर्ने लक्ष्य चैत मसान्तअगाडि नै पूरा भइसकेको छ । मन्त्रालयका अनुसार चालू आवमा इन्टरनेट ग्राहकको घनत्व ९२ प्रतिशत पुयाउने लक्ष्य लिइएको थियो । 

गत आवसम्ममा ९० प्रतिशत रहेको घनत्व  अहिले भने १२२.५१ प्रतिशत पुगिसकेको छ । फागुन मसान्तमै ११६.९१ प्रतिशत रहेको इन्टरनेट ग्राहकको घनत्वमा चैतमा ५.६ प्रतिशतले वृद्धि भएको छ। यस्तै, फिक्स्ड ब्रोडब्यान्ड सेवा तथा मोबाइल ब्रोडब्यान्ड सेवा दुवैमा उल्लेख्य सुधार आएको छ। 

फिक्स्ड ब्रोडव्यान्डतर्फ गत आवसम्ममा २५.०९ प्रतिशत रहेकोमा चालू आवमा यसलाई २७.८१ प्रतिशतमा पुर्‍याउने लक्ष्य रहेको थियो । तर, चैत मसान्तसम्ममा कुल जनसङ्ख्याको ३१.६२ प्रतिशतमा यो सेवा पुगिसकेको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...