News Portal

एन्टिबायोटिकको गलत प्रयोगले ठूलो समस्या

हिमालीसंचार संवाददाता
२५९ पटक

काठमाडौं – एन्टिबायोटिकको सही प्रयोग नगर्दा नेपाललगायत विश्वव्यापी रूपमै एन्टिमाइक्रोबियल प्रतिरोधले ठूलो समस्या निम्त्याएको अनुसन्धानले देखाएको छ। धुलिखेल अस्पतालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा धुलिखेल नगरपालिकाभित्रका ग्रामीण भेग र सहरी भेगको प्रतिनिधित्व गर्ने गरी२ वटा वडालाई समेटी ७ महिना लगाएर मानिस र पशुपक्षीमा गरेको अनुसन्धानमा यस्तो समस्या देखिएको हो।

एन्टिबायोटिकको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अत्यधिक प्रयोगका कारण मानिसको शरीरमा ३ प्रकारका एन्टिबायोटिकले कामै नगर्ने अवस्था सिर्जना भएको बिहीबार सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। 

धुलिखेल अस्पतालका प्राडा सोनी शाक्यको नेतृत्वमा भएको अध्ययनमा धुलिखेल नगरपालिकाका वडा नं २ र वडा नं ६ का ४ सय ५४ जना १८ वर्षमाथिका स्वस्थ मानिस र १ सय ७० वटा स्वस्थ कुखुरा समावेश गरिएको थियो। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...