News Portal

नेपालगन्जमा कांग्रेस केन्द्रीय सदस्य बाल्मिकीमाथी आक्रमण प्रयास

हिमालीसंचार संवाददाता
४४८ पटक

नेपालगन्ज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीमाथी आक्रमण प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित आर्दशनगर (ड्रिमल्याण्ड होटल) नजिक आक्रमण प्रयास भएको हो।

नेपाली कांग्रेसका कार्यकर्ता एवम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का वडासदस्य मनोज शाहीले बिहीबार बेलुका आक्रमण प्रयास गरेको बाल्मिकीले जानकारी दिए।

‘म सडकको किनारामा हिडिरहेको थिए, पछाडीबाट आइरहेका मनोज शाहीले स्कुटी मेरो शरिरमाथी चढाउन खोज्यो, म छेउतिर हाम फाल्न खोज्दा भुईमा लडे, तर आक्रमणबाट जोगिन सफल भए,’ उनले भने।

शाहीले पटक-पटक किच्ने प्रयास गरेको बाल्मिकीको भनाई छ। मदिरा सेवन गरेर लठ्ठ परेका शाहीले आफुलाई गाली गलौच पनि गरेको संविधान सभा सदस्य समेत रहेका पार्टीका केन्द्रीय सदस्य बाल्मिकीले बताए।

नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसको तर्फबाट आसन्न निर्वाचनका लागि शाहीले वडाअध्यक्षमा आकांक्षा राखेका थिए। तर, कांग्रेस क्षेत्र नम्बर २ ले नरबहादुर बिष्टलाई वडाअध्यक्षको टिकट दिएको थियो। टिकट वितरणप्रति शाही असन्तुष्ट थिए। उक्त घटनापछि आफु निकै असुरक्षित महसुस गरेको केन्द्रीय सदस्य बाल्मिकीले बताए।

स्थानीय प्रहरी, प्रशासनसँग आफ्नो सुरक्षाको ब्यवस्था मिलाउन उनले अनुरोध गरेका छन्। घटनाप्रति नेपाली कांग्रेसका नेता, कार्यकर्ताले दुःख ब्यक्त गरेका छन्। टिकट वितरणप्रति असन्तुष्टी भएपनि सम्मानित केन्द्रीय नेतामाथी आक्रमण नै गर्न खोज्नु उचित नभएको कांग्रेस नेता, कार्यकर्ताले बताएका छन्। घटनाबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा शाहीको फोन अफ छ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...