News Portal

सातामा दुई दिन विदा दिँदा उत्पादकत्वमा ह्रास आउने दाबी

हिमालीसंचार संवाददाता
२५४ पटक

काठमाडौं – इन्धनको खपत घटाउन सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै सेवा प्रवाह र उत्पादकत्वमा थप प्रभाव पार्ने अर्थविद्हरूले बताएका छन् । संकटको बेलमा बढी काम गरेर आम्दानी बढाउने कि बढी विदा दिएर खर्च जोगाउने भन्ने द्विविधामा सरकार फसेको उनीहरूको तर्क छ।

संसारका धेरै मुलुकमा दुई दिन विदा दिने चलन भए पनि उत्पादकत्व करिव नकारात्मक भएको तथा सेवा प्रवाहको क्षेत्रमा अत्यन्तै पछाडि रहेको मुलुकमा विदा थप्दा त्यसले विभिन्न क्षेत्रमा नकारात्मक असर गर्ने उनीहरुको तर्क छ।

विश्वव्यापी मान्यताअनुसार हप्तामा ४० घण्टा काम गर्ने चलन छ। तर, त्यस्ता देशमा घण्टाको हिसावमा काम हुन्छ । त्यहाँको सेवा प्रवाह चुस्तदुरुस्त छ भने अधिकांश काम अनलाइनको माध्यमबाट नै सञ्चालन हुन्छ । साथै एक ठाउँको नागरिकलाई अर्को ठाउँमा पुग्न र सरकारी सेवा उपभोग गर्न कुनै कठिनाइ हुँदैन । तर, नेपाल सेवा प्रवाह र उत्पादकत्वको क्षेत्रमा पछाडि रहेका कारण यसले सकारात्मक भन्दा पनि नकारात्मक असर बढी पार्ने विज्ञहरुको तर्क छ।

सरकारले इन्धन खपत घटाउन भनेर विदा दिए पनि सम्छामा खपतमा कुनै असर नगर्ने अर्थविद् रामेश्वर खनाल बताउँछन् । दुई दिनको सरकारी विदाले सरकारी इन्धनको खपत घटाउने भए पनि समष्टिगत इन्धनको खपत झनै बढाउने उनको तर्क छ। 

दुई दिन छुट्टी हुनेवित्तिकै मानिसहरू पुम्न निस्किन्छन् । त्यसले इन्धनको खपतलाई झनै बढाउँछ, उनले भने । यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...