News Portal

त्रिविको ढिलासुस्ती : एक वर्ष बढीदेखि नतिजा कुरेको कुर्‍यै विद्यार्थी

हिमालीसंचार संवाददाता
२१९ पटक

काठमाडौं – देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले परीक्षाफल कुर्न बाध्य भएका छन् । सामान्यतया तीन महिनासम्म परीक्षाफल प्रकाशन गर्नुपर्नेमा त्रिविले एक वर्ष बित्दासमेत परीक्षाफल प्रकाशन गरेको छैन ।

त्रिविले समयमा नै परीक्षाफल प्रकाशन नगर्दा विद्यार्थीको ‘करिअर’मा नै असर पर्ने गरेको समेत पाइएको छ । शैक्षिक प्रमाणपत्र लिएर करिअरको बाटो तय गर्ने सपना बोकेका युवा विद्यार्थीमाथि त्रिविको ढिलासुस्तीले तनाव दिने गरेको विद्यार्थीहरूको गुनासो रहेको पाइन्छ ।

स्नातक तह दोस्रो वर्षको परीक्षा गत वैशाख २०७८ मा भएको थियो । हालसम्म पनि त्रिविले सो परीक्षाको परीक्षाफल प्रकाशित गरेको छैन । एक विद्यार्थी परीक्षा दिएर विवाह गरेपछि बच्चा जन्मिएको र विवाहको वार्षिकोत्सवसमेत मनाउँदा पनि परीक्षाफल प्रकाशित नभएको बताउँछिन् ।

स्नातक तहतर्फको प्रायः सबै संकायको परीक्षाफल लामो समयदेखि प्रकाशन नभएको पाइएको छ । भदौमा सम्पन्न एलएलबी प्रथम वर्षको परीक्षाफल पनि प्रकाशित नभएको पाइएको छ ।

कानुन संकायतर्फ भने दोस्रो वर्षको परीक्षाफल प्रकाशित भएर पनि ब्याक पेपरको समेत परीक्षा सम्पन्न भइसकेको छ । त्रिविका स्नातक तह, स्नातकोत्तर तहका विभिन्न संकायको नतिजा प्रकाशनमा ढिला हुने गरेको छ ।

वार्षिक प्रणालीमा मात्र नभएर सेमेस्टार प्रणालीमा समेत परीक्षाफल ढिला हुने गरेको विद्यार्थीको गुनासो छ । गत साउन/भदौमा डिन कार्यालयले लिएको सामाजिक शास्त्र, अर्थशास्त्रलगायत विषयको नतिजा हालसम्म पनि प्रकाशन हुन सकेको छैन । अन्य संकाय र तहको परीक्षाफल प्रकाशनमा समेत ढिलाइ हुने गरेको पाइएको छ ।

त्रिविले जनशक्तिको अभावका कारण समयमा नै नतिजा प्रकाशन गर्न नसकेको जवाफ दिएको छ । त्रिविले लामो समयदेखि जनशक्तिको अभावमा देखाएर परीक्षाफल प्रकाशनमा ढिलासुस्ती गर्ने गरेको पाइएको छ । यो समाचारराजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...