News Portal

  • स्थानीय तह निर्वाचन: बाँकेका ८ पालिका र ८१ वडाका लागि २ हजार बढिको उम्मेदवारी दर्ता

    सबैभन्दा बढि नेपालगन्ज र सबैभन्दा कम नरैनापुरमा उम्मेदवारी

    हिमालीसंचार संवाददाता
    ३८९ पटक

    नेपालगन्ज। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बाँकेमा २ हजार ३ सय २९ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएकाछन्। बाँकेका ८ पालिका र ८१ वटा वडाअध्यक्षका लागि वैशाख ११ र १२ गते भएको उम्मेदवारी मनोनयन दर्तामा २ हजार ३ सय २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

    जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार आठवटा स्थानीय तहमध्ये सबैभन्दा बढी नेपालगन्ज उप–महानगरपालिकामा उम्मेदवारी दर्ता गरिएकोछ। नेपालगन्ज उपमहानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्यमा कुल ७ सय ७९ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने, सबैभन्दा कम डुडुवा गाउँपालिकामा एक सय ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

    यस्तै बाँकेका ८ पालिकाको प्रमुख र अध्यक्षमा कुल ७३ जनाको उम्मेदवारी परेकोछ। प्रमुख र अध्यक्षमा सबैभन्दा कम नरैनापुरमा ४ जना र सबैभन्दा बढि नेपालगन्ज उपमहानगरपालिकामा १८ जनाको उम्मेदवारी परेकोछ। यो गत निर्वाचन भन्दा ७ जनाको उम्मेदवारी कम हो।

    त्यसैगरी ८ वटा पालिकाको उपप्रमुख र उपाध्यक्षमा कुल ५६ जनाको उम्मेदवारी परेकोछ। यो गत निर्वाचन भन्दा १० जनानाको उम्मेदवारी कम हो। भने सबैभन्दा बढि नेपालगन्ज र कोहलपुरमा १०/१० जना तथा सबैभन्दा कम नरैनापुर र बैजनाथमा ५/५ जनाको उम्मेदवारी परेकोछ।

    बाँकेका ८१ वटा वडाअध्यक्षका लागि ५१२, सदस्यमा ८७२, महिला सदस्यमा ४२४ र दलित महिला सदस्यमा ३९२ जनाको उम्मेदवारी परेकोछ। गत निर्वाचन भन्दा यसपटक वडाअध्यक्षमा ३८ जना बढिले उम्मेदवारी दर्ता गराएकाछन्।

    यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा बाँकेको ८ वटा पालिकाको प्रमुख/अध्यक्षमा ८ महिला र ७२ पुरुष गरि ८० जनाको उम्मेदवारी रहेको थियो।

    त्यसैगरि ८ वटा पालिकाको उपप्रमुख/उपाध्यक्षका लागि ७ पुरुष र ५५ महिला गरि ६२ जनाको उम्मेदवारी रहेको थियो। भने ८ पालिकाका ८१ वटा वडाका लागि ४७४ जना पुरुष र ३५ जना महिला गरि कुल ५०९ जनाले उम्मेदवारी दिएका थिए।

    नेपालगन्जमा १८ जनाको मेयरमा मनोनयन

    नेपालगन्ज उप–महानगरपालिकामा मेयर पदमा १८ जना र उप–मेयर पदमा १० जनाको मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै नगरका २३ वटै वडामा एक सय ६६ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। सदस्यमा भने तीन सय २ जना महिला सदस्यामा एक सय ४९ जना र दलित महिला सदस्यमा एक सय ३४ जनाको उममेदवारी दर्ता भएको छ।

    नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर–१ मा ६ जना, वडा नम्बर–२ मा ७ जना, वडा नम्बर–३ मा ८ जना, वडा नम्बर–४ मा ६ जना, वडा नम्बर–५ मा ११ जना, वडा नम्बर–६ मा ८ जना, वडा नम्बर–७ मा ७ जना, वडा नम्बर– ८ मा ६ जना, वडा नम्बर–९ मा ९ जनाको वडाअध्यक्षमा उम्मेदवारी परेको छ।

    त्यस्तै वडा नम्बर– १० मा ५ जना, वडा नम्बर–११ मा ९ जना, वडा नम्बर–१२ मा ५ जना, वडा नम्बर– १३ मा ५ जना, वडा नम्बर–१४ मा ९ जना, वडा नम्बर– १५ मा ६ जना, वडा नम्बर– १६ मा ९ जना, वडा नम्बर–१७ मा ६ जना, वडा नम्बर–१८ मा ८ जना, वडा नम्बर–१९ मा ७ जना, वडा नम्बर–२० मा ८ जना, वडा नम्बर–२१, २२ र २३ मा क्रमश ७/७ जनाको वडा अध्यक्षमा मनोनयन दर्ता भएको छ।

    कोहलपुरमा मेयरमा १५ जनाको उम्मेदवारी

    कोहलपुर नगरपालिकाको मेयरमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ। साथै उप–मेयरमा १० जनाको मनोनयन दर्ता भएको छ।

    कोहलपुरमा रहेको १५ वटा वडामा ९१ जनाको उम्मेदवारी दर्ता भएको छ। भने एक सय ४८ जना सदस्य, ७६ महिला सदस्य र ६९ जना दलित महिला सदस्यको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ।

    खजुरा गाउँपालिकाको अध्यक्षमा ८ जनाको उम्मेदवारी दर्ता

    खजुरा गाउँपालिकाको अध्यक्ष पदमा ८ जना र उपाध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ। त्यस्तै आठवटा वडाको अध्यक्षमा भने ४१ जनाको नाम दर्ता भएको छ।

    वडा सदस्यमा ७५ जना, महिला सदस्यमा ३५ जना र दलित महिला सदस्यमा ३४ जनाको नाम दर्ता भएको छ।

    जानकीको अध्यक्षमा ७ जनाको उम्मेदवारी
    जानकी गाउँपालिकाको अध्यक्ष पदमा ७ जना, उपाध्यक्षमा ८ जना, वडा अध्यक्षमा ४५ जना, सदस्यमा ६८ जना, महिला सदस्यमा ३० जना र दलित महिला सदस्यमा ३१ जना गरि कुल एक सय ८९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

    डुडुवाको अध्यक्षमा ७ जना

    डुडुवा गाउँपालिकाको अध्यक्ष पदमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ। भने उपाध्यक्षमा भने ६ जनाको उम्मेदवारी दर्ता भएको छ।

    पालिकामा रहेको ६ वटा वडामा भने ४३ जनाले वडा अध्यक्षमा मनोनयन गराएका छन्। साथै वडा सदस्यमा भने ४३ जना, सदस्यमा ६२ जना, महिला सदस्यमा २९ जना र दलित महिला सदस्यमा ३० जनाको नाम दर्ता भएको छ।

    नरैनापुरको अध्यक्षमा ४ जना

    नरैनापुर गाउँपालिकाको अध्यक्षमा चारजनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन कार्यालयका अनुसार उपाध्यक्षमा ५ जनाको मनोनयन भएको छ।

    त्यस्तै पालिकाका ६ वटा वडामा ४१ जनाले अध्यक्ष पदमा नाम दर्ता गराएका छन्। सदस्यमा भने ६९ जना, महिला सदस्यमा ३६ र दलित महिला सदस्यमा ३१ जनाको नाम दर्ता भएको छ।

    बैजनाथ गाउँपालिकाको अध्यक्षमा ९ जनाको उम्मेदवारी दर्ता

    बैजनाथ गाउँपालिकामा १ सय ९१ जनाले उम्मेदवारी दर्ता गराए। जसमा अध्यक्ष पदमा ९ जना, उपाध्यक्ष पदमा ५ जना, वडा अध्यक्षमा ४६, सदस्यमा ६९, महिला सदस्यमा ३२ र दलित महिला सदस्यमा ३० जनामा उम्मेदवारी दर्ता भएको छ।

    राप्तीसोनारीको अध्यक्षमा ५ जना

    राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा ५ जनाको मनोनयन भएको निर्वाचन कार्यालयले जनाएको छ। साथै उपाध्यक्षमा ६ जना, वडा अध्यक्षमा ३९ जनाको नाम दर्ता भएको छ।

    सदस्यमा भने ७९ जना, महिला सदस्यमा ३७ जना र दलित महिला सदस्यमा ३३ जनाको उम्मेदवारी रहेको छ।

    निर्वाचन कार्यतालिका अनुसार यही वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामवली प्रकाशन तथा वैशाख १६ गते उम्मेद्वारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

    बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिका रहेकाछन्। यी पालिकामा कुल १३६ वटा मतदान केन्द्र रहेकोछ। भने जिल्लाको करिब ६९ किमि खुला सीमा रहेकोछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...

    मकवानपुरमा कोइला लोड भएको ट्रक पल्टिँदा चालकको ज्यान गयो, सहचालक अस्पतालमा उपचाररत

    मकवानपुर, असार १७ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे नजिकै मंगलबार बिहान कोइला...