News Portal

  • नेपाल आदिवासी जनजाति महासंघ मकाउको प्रथम बार्षिकोत्सव भव्य सम्पन्न

    हिमालीसंचार संवाददाता
    ३८८ पटक

    मकाउ – नेपाल आदिवासी जनजाति महासंघ मकाउको प्रथम ऐतिहासिक बार्षिक उत्सव मकाउ स्थित होटेल टाउन वेलमा भव्य रुपमा सम्पन्न गरिएको छ। महासंघले मकाउमा संगठीत विभिन्न जातिय संघ संस्थाहरुको विशेष सहभागितामा प्रथम ऐतिहासिक बार्षिकोत्सव सम्पन्न गरेको हो। 

    आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भीमकुमार राई (किराती) को सभापतित्वमा आयोजना भएको थियो। प्रमुख अतिथिमा महासंघका संस्थापक सल्लाहकार सुदर्शन थापा मगर, विशेष अतिथि एनआरएनए मकाउका महासचिव उत्तम गुरुङ र अथितिहरु चण्डी योङ्या, राकेश राई, ङवाङ ग्याल्जे शेर्पा, राकेश श्रेष्ठ, रोजन लामा, लिलबहादुर गुरुङ (गोरा)  र दुर्गाबहादुर थापा मगर अतिथिको रुपमा आमन्त्रण गरिएको कार्यक्रममा चेपाङ र मुस्लिम समुदायका प्रतिनिधीहरू समेत उपस्थित थिए ।

    मकाउमा गठीत विभिन्न जातिय संघ संस्थाहरुले आ-आफ्नो मौलिक परिकार प्रायोजन गरेका कार्यक्रममा मौलिक बाजा गाजा सहितको सांस्कृतिक नृत्य, जातिय भेषभूषाले अनेकतामा एकताको सन्देश प्रवाह गरेको महासंघका अध्यक्ष राईले हिमालीसंचारडटकमसंग बताए। अध्यक्ष राईले कार्यक्रम भव्य रुपमा सफल भएको खण्डमा उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार समेत व्यक्त गरेका थिए। 

    आदिवासी जनजाति समुदायहरुको मौलिक याक्थुङ लिम्बु समुदायको केलाङ च्याब्रुङ नाच, राई समुदायको साकेला नाच, तामाङ समुदायको सेलो नाच, गुरुङ, मगर, नेवारी तथा शेर्पाहरूको मौलिक सांस्कृतिक नाचसँगै चेपाङ समुदायको मौलिक गीत समेत प्रस्तुत गरिएको थियो। 

    आयोजित कार्यक्रममा महासंघको सचिव मेघराज नयोङहाङ लिम्बुले बार्षिक प्रतिवेदन पेश गरेका थिए। महासंघले मकाउ तथा नेपालमा स्थापनाकालदेखि गरेको गतिविधिको बारेमा सुचित समेत गराएको थिए। त्यस्तै, आर्थिक बिषयमा महासंघका कोषाध्यक्ष मणिकुमार राईले प्रस्तुत गरेका थिए। नेपाल आदिबासी महासंध मकाउको महिला संयोजकमा कुमारी लिम्बुलाई सर्वसम्मत चयन गरिएको समेत सचिव मेघराज नयोङहाङले जानकारी दिए।

    कार्यक्रममा महासंघका उपाध्यक्ष भीम गुरुङले स्वागत मन्तव्य राखेका थिए। उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले आदिवासी जनजातिहरूको विद्यमान सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थासँगै मौलिक, हक अधिकारको बारेमा चर्चा गरिएका थिए । मगर संघ मकाउका सल्लाहकार दुर्गाबहादुर थापा मगरले आदिबासी जनजातिको मुद्धा भनेको कुनै राजनैतिक मुद्धा मात्र नभएर मानव अस्तित्व, समानता, समावेशी र पहिचानको मुद्धा भएको जिकीर गरेका थिए । 

    महासंघले मकाउमा रहेर नेपाली समुदायको लागि विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने व्याक्तित्वहरुलाई कदर तथा सम्मान-पत्र समेत प्रदान गरिएको महासंघका अध्यक्ष राईले हिमालीसंचारडटकमसंगको कुराकानीमा बताए । कार्यक्रममा फोटो पत्रकार डन मगरले फोटोग्राफर गरेको थिए। आयोजित कार्यक्रम महासंघका सहसचिव भीरेन वाइवाले कार्यक्रम संचालन गरेका थिए। 

    तस्वीरः डन मगर, मकाउ 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...

    कास्कीमा अनिश्चितकालीन कर्फ्यू, आन्दोलनकारी–प्रहरीबीच झडप

    कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको...