News Portal

नेपाल आदिवासी जनजाति महासंघ मकाउको प्रथम बार्षिकोत्सव भव्य सम्पन्न

हिमालीसंचार संवाददाता
४८० पटक

मकाउ – नेपाल आदिवासी जनजाति महासंघ मकाउको प्रथम ऐतिहासिक बार्षिक उत्सव मकाउ स्थित होटेल टाउन वेलमा भव्य रुपमा सम्पन्न गरिएको छ। महासंघले मकाउमा संगठीत विभिन्न जातिय संघ संस्थाहरुको विशेष सहभागितामा प्रथम ऐतिहासिक बार्षिकोत्सव सम्पन्न गरेको हो। 

आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भीमकुमार राई (किराती) को सभापतित्वमा आयोजना भएको थियो। प्रमुख अतिथिमा महासंघका संस्थापक सल्लाहकार सुदर्शन थापा मगर, विशेष अतिथि एनआरएनए मकाउका महासचिव उत्तम गुरुङ र अथितिहरु चण्डी योङ्या, राकेश राई, ङवाङ ग्याल्जे शेर्पा, राकेश श्रेष्ठ, रोजन लामा, लिलबहादुर गुरुङ (गोरा)  र दुर्गाबहादुर थापा मगर अतिथिको रुपमा आमन्त्रण गरिएको कार्यक्रममा चेपाङ र मुस्लिम समुदायका प्रतिनिधीहरू समेत उपस्थित थिए ।

मकाउमा गठीत विभिन्न जातिय संघ संस्थाहरुले आ-आफ्नो मौलिक परिकार प्रायोजन गरेका कार्यक्रममा मौलिक बाजा गाजा सहितको सांस्कृतिक नृत्य, जातिय भेषभूषाले अनेकतामा एकताको सन्देश प्रवाह गरेको महासंघका अध्यक्ष राईले हिमालीसंचारडटकमसंग बताए। अध्यक्ष राईले कार्यक्रम भव्य रुपमा सफल भएको खण्डमा उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार समेत व्यक्त गरेका थिए। 

आदिवासी जनजाति समुदायहरुको मौलिक याक्थुङ लिम्बु समुदायको केलाङ च्याब्रुङ नाच, राई समुदायको साकेला नाच, तामाङ समुदायको सेलो नाच, गुरुङ, मगर, नेवारी तथा शेर्पाहरूको मौलिक सांस्कृतिक नाचसँगै चेपाङ समुदायको मौलिक गीत समेत प्रस्तुत गरिएको थियो। 

आयोजित कार्यक्रममा महासंघको सचिव मेघराज नयोङहाङ लिम्बुले बार्षिक प्रतिवेदन पेश गरेका थिए। महासंघले मकाउ तथा नेपालमा स्थापनाकालदेखि गरेको गतिविधिको बारेमा सुचित समेत गराएको थिए। त्यस्तै, आर्थिक बिषयमा महासंघका कोषाध्यक्ष मणिकुमार राईले प्रस्तुत गरेका थिए। नेपाल आदिबासी महासंध मकाउको महिला संयोजकमा कुमारी लिम्बुलाई सर्वसम्मत चयन गरिएको समेत सचिव मेघराज नयोङहाङले जानकारी दिए।

कार्यक्रममा महासंघका उपाध्यक्ष भीम गुरुङले स्वागत मन्तव्य राखेका थिए। उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले आदिवासी जनजातिहरूको विद्यमान सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थासँगै मौलिक, हक अधिकारको बारेमा चर्चा गरिएका थिए । मगर संघ मकाउका सल्लाहकार दुर्गाबहादुर थापा मगरले आदिबासी जनजातिको मुद्धा भनेको कुनै राजनैतिक मुद्धा मात्र नभएर मानव अस्तित्व, समानता, समावेशी र पहिचानको मुद्धा भएको जिकीर गरेका थिए । 

महासंघले मकाउमा रहेर नेपाली समुदायको लागि विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने व्याक्तित्वहरुलाई कदर तथा सम्मान-पत्र समेत प्रदान गरिएको महासंघका अध्यक्ष राईले हिमालीसंचारडटकमसंगको कुराकानीमा बताए । कार्यक्रममा फोटो पत्रकार डन मगरले फोटोग्राफर गरेको थिए। आयोजित कार्यक्रम महासंघका सहसचिव भीरेन वाइवाले कार्यक्रम संचालन गरेका थिए। 

तस्वीरः डन मगर, मकाउ 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...