आज : २०२६-०६-०९, मङ्गलबार

ताप्लेजुङको ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गयो

काठमाडौं – नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्प २०७२ सालमा आजैका दिन (वैशाख १२) आएको गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ।