News Portal

निर्वाचन आयोगमा पहिलो दिन १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

हिमालीसंचार संवाददाता
१८२ पटक

काठमाडौं – स्थानीय चुनावका लागि आइतबार देशभर गरी विभिन्न पदमा १० हजार ५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि साना दलका र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको हो।

निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवार मनोनयनको समय तोकेकाले ठूला दलले अन्तिम समय कुर्दै मनोनयन दर्ता गरेका छैनन् । सत्तारुढ ५ दलीय गठबन्धनको भागबण्डा टुंगो लाग्न नसक्दा उम्मेदवारी दर्ता हुन नसकेको हो । 

मनोनयनको पहिलो दिन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतले उम्मेदवारी दर्ता गराएका छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...