News Portal

दक्षिण कोरियाले ईपीएस अन्तर्गत सीप कार्यक्रमको तयारी

हिमालीसंचार संवाददाता
२२५ पटक

काठमाडौं – दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारी गरी फर्केका श्रमिकका लागि पाइलट प्रोजेक्टका रूपमा नेपालमा पुनः एकीकरण तालिम सञ्चालन गर्ने भएको छ । कोरिया सरकारले ईपीएसअन्तर्गत अन्य १५ राष्ट्रलाई छोडेर नगद सहयोगसहितको सीप कार्यक्रम नेपालबाट सुरु गर्न लागेको हो।

ईपीएस सेन्टर एचआरडीमा नेपाल प्रमुख किम उन दकले नेपालमा सञ्चालन गरिने यो कार्यक्रम सफल भए अन्य ईपीएस सदस्य देशमा समेत गर्ने तयारी रहेको बताए । कोरियाले मे महिनाबाट ईपीएसअन्तर्गतका श्रमिकलाई पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिए।

हाल दक्षिण कोरिया  सरकारको सहयोगमा बुटवलमा सीप तालिम केन्द्र सञ्चालनमा रहेको जनाउँदै किमले फर्केका युवालाई उद्यमशील बनाउन कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए। नेपाली श्रम बजारको माग र आवश्यकताका आधारमा विभिन्न क्षेत्रमा तालिम सञ्चालन गर्ने तयारी रहेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...