News Portal

धरानको विश्वकर्मा मन्दिर नजिक यात्रुवाहक बस दुर्धटना, एक जना गम्भीर घाईते

हिमालीसंचार संवाददाता
२१२ पटक

धरान –  धरान उपमहानगरपालिका धरानदेखि इटहरी तर्फ गइरहेको यात्रुवाहक सार्वजनिक बस धरानको विश्वकर्मा मन्दिर नजिक दुर्घटना भएको छ। बसमा सवार ११ जना यात्रु र एक जना मोटरसाइकलमा सवार घाइते भएका छन् ।

धरानबाट इटहरीतर्फ जादै गरेको ना ५ ख ८११९ नम्बरको बस र धरानतर्फ आइरहेको को २६ प ३२१३ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । कोशी राजमार्ग अन्तरर्गतको धरान इटहरी सडकखण्डमा पर्ने सडक खण्डमा दुर्घटना भएको हो। 

दुर्घटनामा बसमा यत्रा गरिरहेकी मोरङ सुन्दर हरैचाकी ५५ बर्षीय ललीमाया कामी गम्भीर घाइते भएको ट्राफिक प्रहरीका वरिष्ठ हवल्दार सुरेश श्रेष्ठले जानकारी दिए । 

प्रहरीका अनुसार घाइते महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । दुर्घटनामा मोटरसाइकल चालक र बसमा सवार अन्य ११ जना पनि सामान्य घाइते भएको श्रेष्ठले जानकारी दिए । दुर्घटना घरानको विश्वकर्मा मन्दिरदेखि केही दक्षिणमा भएको हो । सडक निर्माणाधिन अवस्थामा रहेको र खाल्डाखुल्डी भएको कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...