News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • धरानको विश्वकर्मा मन्दिर नजिक यात्रुवाहक बस दुर्धटना, एक जना गम्भीर घाईते

    हिमालीसंचार संवाददाता
    १२४ पटक

    धरान –  धरान उपमहानगरपालिका धरानदेखि इटहरी तर्फ गइरहेको यात्रुवाहक सार्वजनिक बस धरानको विश्वकर्मा मन्दिर नजिक दुर्घटना भएको छ। बसमा सवार ११ जना यात्रु र एक जना मोटरसाइकलमा सवार घाइते भएका छन् ।

    धरानबाट इटहरीतर्फ जादै गरेको ना ५ ख ८११९ नम्बरको बस र धरानतर्फ आइरहेको को २६ प ३२१३ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । कोशी राजमार्ग अन्तरर्गतको धरान इटहरी सडकखण्डमा पर्ने सडक खण्डमा दुर्घटना भएको हो। 

    दुर्घटनामा बसमा यत्रा गरिरहेकी मोरङ सुन्दर हरैचाकी ५५ बर्षीय ललीमाया कामी गम्भीर घाइते भएको ट्राफिक प्रहरीका वरिष्ठ हवल्दार सुरेश श्रेष्ठले जानकारी दिए । 

    प्रहरीका अनुसार घाइते महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । दुर्घटनामा मोटरसाइकल चालक र बसमा सवार अन्य ११ जना पनि सामान्य घाइते भएको श्रेष्ठले जानकारी दिए । दुर्घटना घरानको विश्वकर्मा मन्दिरदेखि केही दक्षिणमा भएको हो । सडक निर्माणाधिन अवस्थामा रहेको र खाल्डाखुल्डी भएको कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । 

    प्रतिकृया दिनुहोस्

    बुढीगण्डकी आयोजनाको ढिलाइप्रति नेकपाको असन्तोष, समान मुआब्जाको माग गर्दै ज्ञापनपत्र बुझायो

    गोरखा, जेठ ४ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी जलविद्युत् आयोजना कार्यान्वयनमा भइरहेको...

    पुरुषोत्तम त्रिपाठीको नयाँ स्वदेश गीत सार्वजनिक

    काठमाडौं, जेठ ४ – नेपाली आधुनिक संगीत विधामा आफ्नो पृथक पहिचान बनाउन सफल सर्जक, संगीतकार...

    निचामारी विद्यालयका कक्षा ६ मा पढ्ने सबै विद्यार्थीहरूलाई अन्यत्र पठाइयो

    मोरङ, जेठ ४ – रंगेली–७ स्थित निचामारी आधारभूत विद्यालयले कक्षा ५ उत्तीर्ण गरेका २५ जना...

    सरकार सरकारजस्तो देखिएको छैन : सांसद सञ्जय गौतम

    काठमाडौं, जेठ ४ – नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको हालको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त...

    दुःखद घटना : स्कुल जान लागेका दिदी–भाइको ज्यान बाबुले लिए, चितवनमा पारिवारिक शोकको छाया

    चितवन, जेठ ४ -भरतपुरमा शुक्रबार बिहान भएको एक हृदयविदारक घटनाले सम्पूर्ण समुदाय स्तब्ध बनेको छ।...