आज : २०२६-०६-०९, मङ्गलबार

बुद्ध एयरको जहाजको सिटमा भेटियो १० हजार ८ सय अमेरिकी डलर

काठमाडौं – भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १ सय ८ थान नोट भेटिएको हो ।

जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा १० हजार ८ सय अमेरिकी डलर भेटिएको हो । बुद्ध एयरका अनुसार यो रकम एयर होस्टेसले फेला पारेर ग्राउण्ड इन्चार्जलाई बुझाएका थिए । 

उक्त रकम नेपाल नागरिक उड्डयन प्राधिकरणको रोहवरमा नेपाल प्रहरीलाई बुझाइएको थियो ।  प्रहरीले डलर बरामद गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको नेपाल प्रहरीले जानकारी गराएको छ