News Portal

रंगेली काली मंन्दिरमा निशान यात्रा अाउने

हिमाली संचार संवाददाता
६३७ पटक

रबिन्द्र बराल – रंगेली नगरपालिका ७ काे मुख्य बजारमा रहेको ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा रहेको श्री काली मंन्दिरमा कार्तिक १ गते महानवमीका दिन बिगत बर्षदेखि बिराटनगरकाे काली मंन्दिरबाट रंगेली स्थित प्राचीन काली मंन्दिरमा पैदल निशान यात्रा अाउने भएको छ । बिराटनगर देखि २२ किलोमिटर टाढाबाट पैदल यात्रा गरेर निशान (ध्वजा) लिएर युवायुवती, महिला लगायत गरि २ हजार भक्तजनहरु अाउने समितिका राजेश बगडियाले बताए ।

उनका अनुसार उक्त यात्रामा रंगेली बिराटनगरबाट निशान यात्रामा झाँक्री, बाजा र भजन टाेलीकाे साथमा पैदल अाउने र भक्तजनहरुलाई रंगेली बसपार्क, कर्सिया, दादरवैरीया, कदमाह, रामचाेक, कटहरी लगायतका स्थानका भक्तहरुले स्वागत गर्ने र निसान बाेकेर केही पनि नखाई अाउने गरेको र रंगेलीमा निसान चडाए पछि मात्रै प्रसाद दिने र बिगत बर्षमा भन्दा यस बर्ष भक्तजनहरुकाे उल्लेख्य सहभागीता रहने बिष्वास रहेको बगडियाले बताए ।

राणा कालमा उक्त काली मंन्दिर सदरमुकाम सार्ने वेलामा राणाहरुले कालीकाे मुर्ति लग्नका लागि ४ वटा हात्तीको प्रगाेय गरेता पनि साे मुर्ति उखालेर लैजान न सकेपछि राणाहरुले बिराटनगरमा नयाँ कालीकाे मुर्ति स्थापना गरेकाे बुढापाकाहरु बताउँछन् ।

मन्दिर बनाउने क्रममा कालीकाे मुर्तिलाई उक्त स्थानबाट अलिकति अलग गर्ने प्रयास गर्दा समेत साे स्थानमा सर्पहरु निस्कन थाले पछि पुनः साेहि स्थानमा मुर्ति राखिएको स्थानीय सुरेश मिश्रले बताए । अहिले पनि साे मन्दिरमा राणाहरुले दिएकाे गजुर, घन्टी, १ सय ८ अाेटा दियो मंन्दिर ब्यवस्थापन समितिले अहिलेसम्म सुरक्षीत राखेकाे मिश्रले बताए ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...