News Portal

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

हिमालीसंचार संवाददाता
२०८ पटक

काठमाडौं – सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ। सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट सङ्कलन गरेको १५ अर्ब ५७ करोडमध्ये विभिन्न चार योजनाअन्तर्गत एक अर्ब पाँच करोड ४५ लाख रुपैयाँ बराबरको योगदान रकम भुक्तानी गरेको हो।

कोषका सहप्रवक्ता रोहित रेग्मीले कोष रहेको रकममध्ये विभिन्न योजनाअन्तर्गत आएका दाबीअनुसार रकम भुक्तानी भएको बताए । उनले योगदानकर्ताको सङ्ख्या वृद्धिसँगै योगदान रकमसमेत वृद्धि हुने र सोहीअनुसार दाबी भुक्तानी हुने बताए। कोषले हाल सबैभन्दा बढी अवकास दाबी भुक्तानीअन्तर्गत १६ हजार ३१० जनालाई ८५ करोड ७० लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ। 

यसैगरी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत आठ हजार ५१५ जनाले पटक – पटक गरेर १५ करोड ५७ लाख २८ हजार भुक्तानी लिएका छन् । कोषमा हालसम्म १७ हजार ४४ रोजगारदाता र तीन लाख २८ हजार ४ सय ८८ योगदानकर्ता सूचीकृत भएका छन्। आजको कारोबार दैनिकमा समाचार छ । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...