News Portal

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

हिमालीसंचार संवाददाता
२४९ पटक

काठमाडौं – सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ। सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट सङ्कलन गरेको १५ अर्ब ५७ करोडमध्ये विभिन्न चार योजनाअन्तर्गत एक अर्ब पाँच करोड ४५ लाख रुपैयाँ बराबरको योगदान रकम भुक्तानी गरेको हो।

कोषका सहप्रवक्ता रोहित रेग्मीले कोष रहेको रकममध्ये विभिन्न योजनाअन्तर्गत आएका दाबीअनुसार रकम भुक्तानी भएको बताए । उनले योगदानकर्ताको सङ्ख्या वृद्धिसँगै योगदान रकमसमेत वृद्धि हुने र सोहीअनुसार दाबी भुक्तानी हुने बताए। कोषले हाल सबैभन्दा बढी अवकास दाबी भुक्तानीअन्तर्गत १६ हजार ३१० जनालाई ८५ करोड ७० लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ। 

यसैगरी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत आठ हजार ५१५ जनाले पटक – पटक गरेर १५ करोड ५७ लाख २८ हजार भुक्तानी लिएका छन् । कोषमा हालसम्म १७ हजार ४४ रोजगारदाता र तीन लाख २८ हजार ४ सय ८८ योगदानकर्ता सूचीकृत भएका छन्। आजको कारोबार दैनिकमा समाचार छ । 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...