News Portal

आज १६ औं लोकतन्त्र दिवस !

हिमालीसंचार संवाददाता
३२४ पटक

काठमाडौं – आज १६ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। विस २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विस २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । विस २०६४ सालदेखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।

विस २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो। राजा ज्ञानेन्द्र शाहले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए। विस २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भएको थियो।

विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो। २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए। चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र शाहले दलहरूको मार्गचित्रमा सहमत भए। आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए। यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।

विस २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो। बैठकले नेकपा माओवादी केन्द्रलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो। यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ।

यसैको जगमा विस २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो। पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो।

विस २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो।

जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन्। यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...