News Portal

हङकङ सरकारले पर्यटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी

हिमालीसंचार संवाददाता
२०४ पटक

युवा राई/हङकङ – हङकङ सरकारले आगामी में महिनादेखि विदेशी पर्यटकमाथि लगाइएको भ्रमण प्रतिबन्ध हटाउने तयारी गरेको छ। सरकारले शनिबार दुई वर्षभन्दा लामो समयदेखि लगाइएको हङकङ प्रवेशमा प्रतिबन्धको नियम हटाउने घोषणा गरेको हो।

कोभिड–१९ को महामारी नियन्त्रणका लागि भन्दै हङकङ सरकारले लगाएको कडा किसिमको प्रतिबन्धको कारण विदेशी पर्यटकले हङकङ भ्रमण गर्न पाएका छैनन्। अन्य प्रतिबन्ध खुकुलो पारेसँगै भ्रमणमा लगाइएको प्रतिबन्ध पनि खुल्न सक्ने अपेक्षा गरिएको थियो। 

त्यस्तै, हङकङ सरकारले अन्तराष्ट्रिय उडानका कारण ५ प्रतिशत कोरोना संक्रमण देखिए पनी उडान कर्मचारीहरुलाई शहर प्रवेशको अनुमति दिने बताएको छ। कोरोना संक्रमित बोकेको जहाजलाई पनि अब ७ दिनको सट्टामा ५ दिन मात्र उड्नमा रोक लगाउने भएको हो । 

शहर प्रवेशमा लगाइएको प्रतिबन्ध हटाउने घोषणा गर्दै हङकङको खाद्य तथा स्वास्थ्य ब्युरोले शहर पुनः खुला गर्ने निर्णय पछिल्लो समय कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै गरिएको हो। आगामी महिनाबाट प्रतिबन्ध हटेसँगै हङकङ आउने सबैले र्‍यापिड एन्टिजेन टेस्ट गराउनुपर्ने हुन्छ भने पीसीआर परीक्षण पनि अनिवार्य रहने छ।

र्‍यापिड परीक्षणमा पोजेटिभ देखिने मानिसलाई सोझै क्वारेन्टिन केन्द्रमा लगिने छ, जहाँ उनीहरुले पीसीआर परीक्षणको नतिजा कुर्नुपर्ने हुन्छ। हङकङमा बाहिरबाट आएका कोरोना संक्रमितको संख्या निकै कम देखिएकाले भ्रमणमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय भएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...