News Portal

हङकङ सरकारले पर्यटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी

हिमालीसंचार संवाददाता
२४६ पटक

युवा राई/हङकङ – हङकङ सरकारले आगामी में महिनादेखि विदेशी पर्यटकमाथि लगाइएको भ्रमण प्रतिबन्ध हटाउने तयारी गरेको छ। सरकारले शनिबार दुई वर्षभन्दा लामो समयदेखि लगाइएको हङकङ प्रवेशमा प्रतिबन्धको नियम हटाउने घोषणा गरेको हो।

कोभिड–१९ को महामारी नियन्त्रणका लागि भन्दै हङकङ सरकारले लगाएको कडा किसिमको प्रतिबन्धको कारण विदेशी पर्यटकले हङकङ भ्रमण गर्न पाएका छैनन्। अन्य प्रतिबन्ध खुकुलो पारेसँगै भ्रमणमा लगाइएको प्रतिबन्ध पनि खुल्न सक्ने अपेक्षा गरिएको थियो। 

त्यस्तै, हङकङ सरकारले अन्तराष्ट्रिय उडानका कारण ५ प्रतिशत कोरोना संक्रमण देखिए पनी उडान कर्मचारीहरुलाई शहर प्रवेशको अनुमति दिने बताएको छ। कोरोना संक्रमित बोकेको जहाजलाई पनि अब ७ दिनको सट्टामा ५ दिन मात्र उड्नमा रोक लगाउने भएको हो । 

शहर प्रवेशमा लगाइएको प्रतिबन्ध हटाउने घोषणा गर्दै हङकङको खाद्य तथा स्वास्थ्य ब्युरोले शहर पुनः खुला गर्ने निर्णय पछिल्लो समय कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै गरिएको हो। आगामी महिनाबाट प्रतिबन्ध हटेसँगै हङकङ आउने सबैले र्‍यापिड एन्टिजेन टेस्ट गराउनुपर्ने हुन्छ भने पीसीआर परीक्षण पनि अनिवार्य रहने छ।

र्‍यापिड परीक्षणमा पोजेटिभ देखिने मानिसलाई सोझै क्वारेन्टिन केन्द्रमा लगिने छ, जहाँ उनीहरुले पीसीआर परीक्षणको नतिजा कुर्नुपर्ने हुन्छ। हङकङमा बाहिरबाट आएका कोरोना संक्रमितको संख्या निकै कम देखिएकाले भ्रमणमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय भएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...