News Portal

मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड, पार्कबाट उखेलेर फ्याँकियो

हिमालीसंचार संवाददाता
४०० पटक

काठमाडौ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा अज्ञात समूहले तोडफोड गरेको छ। बिहीबार राति बाल उद्यानमा रहेको जननेता मदन भण्डारी र अर्का नेता जीवराज आश्रितको प्रतिमा पनि तोडफोड गरिएको छ।

बिहान पार्कमा घुम्न निस्किएका स्थानीयले सालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई जानकारी दिएका थिए। समितिले प्रहरीलाई जानकारी गराउँदै अहिले ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीसहितको टोलीको घटनाको अनुगमन सुरु गरिसकेको छ।

आसन्न स्थानीय निर्वाचन नजिकिँदै गर्दा राजनीतिक पूर्वाग्रह राखेर तोडफोड गरिएको हुन सक्ने हेटौंडा-९ का वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताए।

पार्कमा अन्य कुनै संरचना क्षति नगरी मदन-आश्रितको प्रतिमा मात्रै तोडफोड भएको छ। उक्त समूहले जीवराज आश्रितको प्रतिमा उखेलेर फालिएको छ। मदन भण्डारीको प्रतिमाको शिर भाँचेर ५० मिटरको दूरीमा फालिएको अवस्थामा भेटिएको छ।

गत असार १४ गते बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले मदन-आश्रितको अर्धकदको प्रतिमा अनावरण गरेका थिए।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...