News Portal

  • नेपाल आइपुगे विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस

    हिमालीसंचार संवाददाता
    २०० पटक

    काठमाडौं – विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस तीन दिने भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनी तीन दिने भारत भ्रमण सकाएर नेपाल अबतरण गरेका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आएका संगठनका महानिर्देशक डा. ट्रेडोसले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छन् । 

    स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार नेपालमा रहँदा उनलाई नेपालले कोभिड महामारी नियन्त्रणका लागि अपनाएका उपायहरुका बारेमा जानकारी दिइने छ भने टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको पनि भ्रमण गर्ने छन् ।

    ‘उहाँले भ्रमणको क्रममा राष्ट्रपति, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग भेटवार्ता गर्नुहुने छ,’ उनले भने। 

    यस्तै कोभिड महामारीमा उल्लेखनीय काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गर्नुहुने छ ।’

    उनका अनुसार यो बाहेक नेपालले कोभिड नियन्त्रणका लागि गरेका अन्य विशेक काम एवम् खोप कार्यक्रमबारे पनि उनलाई जानकारी दिइने छ ।

    महानिर्देशक डा. ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह पनि नेपाल भ्रमणामा आउने छिन् । उनीहरु भारतको भ्रमण गरेर नेपाल आउन लागेको पनि डा. पोखरेलले जानकारी दिए ।

    डा. ट्रेडोसले आगामी मे महिनामा हुने विश्व स्वास्थ्य स‌ंगठनको ७५ औं महासभामा महानिर्देशक पदमा नियुक्तिका लागि फेरि पनि मनोनयन दिएका छन् । इथियोपियाका नागरिक टेड्रोस महानिर्देशक चयन हुनु अघि त्यहाँका परराष्ट्र मन्त्री थिए । 

    उनलाई दोस्रो कार्यकालका लागि यूरोपियन राष्ट्रहरु र केही अफ्रिकी राष्ट्रले समर्थन गरेपनि आफ्नै देशले भने समर्थन गरेको छैन । महानिर्देशक पदका लागि टेड्रोस बाहेक अन्यले मनोनयन पनि दिएका छैनन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...