News Portal

सदन रोक्छन् कोही

हिमालीसंचार संवाददाता
४६८ पटक

गरीबको भोको पेटमा गोली ठोक्छन् कोही
दशैँभत्ता काटियो भनी सदन रोक्छन् कोही !

एक छाकको गर्जो टार्न पनि धौ धौ परेपछि
दु:ख मेट्न तमासुककै भारी बोक्छन् कोही !

ढुकुटी लुटी देशकै शासक वैकुण्ठ हिँडेपछि
दवाई नभेटि अकालमै जिब्रो टोक्छन् कोही !

छाना छैन नाना छैन झुपडीका कथा अनेक
उप्रोमाथि थुप्रो पारी सोमरस धोक्छन् कोही !

छलछाम गरी चुनावबाट भोट कुम्ल्याएपछि
भत्ता सत्ता सारा चिज आफैँ तोक्छन् कोही !

गाँस बास खोसेर हज्जारौंको गर्दन रेटेपछि
गीता कुरान बाइबलको पाठ घोक्छन् कोही !

प्रथा

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...