News Portal

सदन रोक्छन् कोही

हिमालीसंचार संवाददाता
४९२ पटक

गरीबको भोको पेटमा गोली ठोक्छन् कोही
दशैँभत्ता काटियो भनी सदन रोक्छन् कोही !

एक छाकको गर्जो टार्न पनि धौ धौ परेपछि
दु:ख मेट्न तमासुककै भारी बोक्छन् कोही !

ढुकुटी लुटी देशकै शासक वैकुण्ठ हिँडेपछि
दवाई नभेटि अकालमै जिब्रो टोक्छन् कोही !

छाना छैन नाना छैन झुपडीका कथा अनेक
उप्रोमाथि थुप्रो पारी सोमरस धोक्छन् कोही !

छलछाम गरी चुनावबाट भोट कुम्ल्याएपछि
भत्ता सत्ता सारा चिज आफैँ तोक्छन् कोही !

गाँस बास खोसेर हज्जारौंको गर्दन रेटेपछि
गीता कुरान बाइबलको पाठ घोक्छन् कोही !

प्रथा

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...