News Portal

पशुमा बाँझोपनको समस्या जटिल बन्दै

हिमालीसंचार संवाददाता
२६२ पटक

काठमाडौं – पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनी कम्तीमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति भइरहेको छ ।

नेपालमा ७३ लाख गाई र ५१ लाख भैँसीको सङ्ख्या छ तर बाँझोपनको समस्या देखिँदा किसानको गोठ नै रित्तो हुने अवस्था उत्पन्न भएको छ । पशु चिकित्सकहरूका अनुसार पेटभर खान, सोतरमा सुत्न र नियमित रूपमा नाम्ले तथा जुकाको औषधि नपाउँदा पशुमा बाँझोपनको समस्या बढेको हो । 

पशुविज्ञ डा. लोकनाथ पौडेलले किसानले दुःखकष्ट सहेर हुर्काएका पशुमा बाँझोपनको समस्या देखिँदा त्यसले समग्र अर्थतन्त्रलाई असर पार्ने बताउँदै भने, “यसले दूध उत्पादनमा समेत असर पारिरहेको छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...