News Portal

हङकङमा शून्य-कोभिड नीतिले प्लास्टिक व्यवस्थापनमा चुनौति!

हिमालीसंचार संवाददाता
२९५ पटक

युवा राई/हङकङ – कोभिड-१९ का कारण हङकङ शहर प्रवेश गर्ने हरेक मानिसहरुले कोरोना महामारी नियन्तरण गर्न अनिवार्य क्वारेन्टिन बस्नु पर्ने हङकङ सरकारले नीति बनाएको छ। सरकारले लागु गरेको नीति कार्यन्वयन गर्न पछिल्लो समय हङकङमा प्लास्टिक प्रयोगमा ल्याउदा शहरमा प्लास्टिक विसर्जनमा चुनौति थपिएको छ ।

कोभिड-१९ का कारण यसमा प्रयोग हुने हरेक सामान प्लास्टिकको प्रयोग हुन्छ। रिमोट प्लास्टिकले नै बेरिएको हुन्छ, सिरानी पनि प्लास्टिक ब्यागमा हालेर राखिएको हुन्छ भने खाना पनि प्लास्टिकमै बेरिएर आउँछ। कर्मचारीहरुले प्रयोग गर्ने पीपीई, ग्लोभ्स, बुट, ह्याट जस्ता महत्वपूर्ण स्वास्थ्या सामाग्री पनी प्लास्टिकमा नै आएको हुन्छ। यस्ता प्लास्टिकका कारण हङकङ भित्र प्लास्टिक व्यवस्थापनमा चुनौतिका पहाड थपिएको छ।

प्लास्टिकको प्रयोगले आर्थिक क्षेत्रमा नकारात्मक असर मात्र परेको छैन यसले हरित वातावरणका लागि नकुहिने फोहोर निस्किएकोमा चिन्ता थपिएको छ। हङकङ सरकारले दैनिक २३ सय टन फोहोर व्यवस्थापन गर्दै आएको छ। जसमध्ये पुनः प्रयोग गर्न सकिने हिस्सा केवल ११ प्रतिशत रहेको सरकारी तथ्यांकले बताउछ।

हङकङ सरकारका प्रवक्ताका अनुसार; यस विषयमा हङकङ सरकार पनि राम्रो जानकार रहेको बताउँदै हङकङ सरकारले आफ्नो जनसमुदा समक्ष सकेसम्म हरित जीवनशैली अपनाउन आग्रह गरिरहेको बताउछन्।

यता हङकङका स्थानीय वातावरण समूह द ग्रिन अर्थका एडविन लाउ कोभिड–१९ को हङकङ सरकारको नीतिमा वातावरणीय चासोलाई ध्यान नदिइएको बताउँछन्। उनी भन्छन् क्वारेन्टिनमा बस्ने सबै मानिस संक्रमित नहुने भएकाले त्यहाँ पुनः प्रयोग गर्न सकिने प्लास्टिकलाई फोहोरको रुपमा फ्याँक्न नहुने उनको भनाइ छ।

हङकङका क्वारेन्टिन केन्द्रमा प्रयोग भएको प्लास्टिकको फोहोरले अहिले सचेत हुन नसके निकट भविष्यमा ठुलो समस्या सृजना हुने देखिन्छ। यसलाई समयमा नै व्यवस्थापन गर्न सकेको खण्डमा शहरलाई हरित वातावरणमा कायम राख्न सकिन्छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...