News Portal

३ अर्ब खर्चेर नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति

हिमालीसंचार संवाददाता
२९० पटक

काठमाडौं – संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिका लागि कम्पनी छनोट भएको छ । सो सडकको नागढुङ्गा–नौबिसेखण्डको विस्तारका लागि एम÷एस जियाङसु–सगुन (संयुक्त) छनोट भएको हो । यस सडकखण्डको कुल लम्बाइ १२.२६ किलोमिटर छ ।

त्यसैगरी, नौबिसे–मलेखुखण्ड विस्तारका लागि शर्मा–लामा–जेडआईसीजी (संयुक्त) छनोट भएको नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए । यस खण्डको कुल लम्बाइ ४३.५४२ किलोमिटर छ । मुलुकको करिब ६५ जिल्लाका मानिसको काठमाडौँ आवतजावत गर्ने मूल मार्ग यही नै हो । 

दैनिक करिब १८ देखि २० हजार सवारीसाधन आवातजावत गर्छन् । सडक विस्तारका लागि यसअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) तयार भई स्वीकृत भइसकेको छ । आयोजनाका प्रमुख कार्कीका अनुसार नागढुङ्गा–नौबिसे खण्डक एक अर्ब ३१ करोड ८४ लाख र नौबिसे–मलेखुखण्डको एक अर्ब ३३ करोड १९ लाख रूपियाँमा विस्तार हुन लागेको हो ।

छनोट भएका निर्माण कम्पनीले तीन वर्षमा सडक विस्तारको काम सम्पन्न गर्नुपर्नेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...