News Portal

गठबन्धनमा भागबण्डा : महानगर–उपमहानर कहाँ कसलाई ?

हिमालीसंचार संवाददाता
२२५ पटक

काठमाडौं– सत्तारुढ पाँच राजनीतिक दलहरू महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाउन असफल भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा भरतपुर, वीरगन्ज, पोखरा महानगरपालिकाको दाबी प्रमुख तीन दलले नै नछाडेपछि भागबण्डा नमिलेको हो। काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख कांग्रेसलाई दिन गठबन्धनका दलहरू सहमत भइसकेका छन्।

बैठकमा सत्ता गठबन्धनमा रहेका अन्य तीन दलले ११ उपमहानगरपालिकामध्ये कांग्रेसलाई पाँच दिने प्रस्ताव गरेका छन्। अन्य तीन दलले दुईदुई उपमहानगरपालिका लिने प्रस्ताव गरेका थिए। तर काँग्रेसले पाँच उपमहानगरपालिकामा चित्त नबुझाएको बैठकमा सहभागी एक नेताले बताए। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...