News Portal

भानुभक्त बाङमय प्रतिष्ठानमा पुनः सरुभक्त श्रेष्ठ

हिमालीसंचार संवाददाता
५३३ पटक

पदमराज घिमिरे,
पोखरा। भानुभक्त बाङमय प्रतिष्ठानको साधारण सभा आईतबार पोखरामा सम्पन्न भएको छ। उक्त साधारण सभाले सरुभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

जसको उपाध्यक्षमा हनिफ मिया, सचिवमा अम्बिका प्रसाद भटराई र कोषाध्यक्षमा पद्मराज ढकाल निर्बिरोध चयन भएका छन्।

समितिले हरिदेवी कोईराला, डा.तुल्सी प्रवास खनाल, डा.बाबुराम अधिकारी, पदमराज घिमिरे, धर्मराज अल्पायु, प्रदिप पौडेल, मिठु गुरुङ, शिवबहादुर थापा र बलराम पोखरेललाई कार्यसमितिको सदस्यमा निर्बिरोध चयन गरेको छ।

यसअघि साधारणसभाको अध्यक्षताको शुभकामना मन्त्यव्य दिदै सरुभक्त श्रेष्ठले २०७१ सालमा संस्था गठन भए लगत्तै यसले महत्वपुर्ण कामहरु सम्पन्न गरेको बताए। उनले पोखरा-११ स्थित फुलबारीमा पुर्णकदको शालिक निर्माण गर्ने काम गरेको बताउदै यसकाममा सहयोग पुर्याउने सबैलाई धन्यबाद दिएका थिए।

सरुभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कोषाध्यक्ष पदमराज ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा उपाध्यक्ष हनिफ मियाले स्वागत गरेका थिए भने, सचिव अम्बिका प्रसाद भटराईले कार्यक्रम संचालन गरेका थिए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...