News Portal

भानुभक्त बाङमय प्रतिष्ठानमा पुनः सरुभक्त श्रेष्ठ

हिमालीसंचार संवाददाता
४८१ पटक

पदमराज घिमिरे,
पोखरा। भानुभक्त बाङमय प्रतिष्ठानको साधारण सभा आईतबार पोखरामा सम्पन्न भएको छ। उक्त साधारण सभाले सरुभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

जसको उपाध्यक्षमा हनिफ मिया, सचिवमा अम्बिका प्रसाद भटराई र कोषाध्यक्षमा पद्मराज ढकाल निर्बिरोध चयन भएका छन्।

समितिले हरिदेवी कोईराला, डा.तुल्सी प्रवास खनाल, डा.बाबुराम अधिकारी, पदमराज घिमिरे, धर्मराज अल्पायु, प्रदिप पौडेल, मिठु गुरुङ, शिवबहादुर थापा र बलराम पोखरेललाई कार्यसमितिको सदस्यमा निर्बिरोध चयन गरेको छ।

यसअघि साधारणसभाको अध्यक्षताको शुभकामना मन्त्यव्य दिदै सरुभक्त श्रेष्ठले २०७१ सालमा संस्था गठन भए लगत्तै यसले महत्वपुर्ण कामहरु सम्पन्न गरेको बताए। उनले पोखरा-११ स्थित फुलबारीमा पुर्णकदको शालिक निर्माण गर्ने काम गरेको बताउदै यसकाममा सहयोग पुर्याउने सबैलाई धन्यबाद दिएका थिए।

सरुभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कोषाध्यक्ष पदमराज ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा उपाध्यक्ष हनिफ मियाले स्वागत गरेका थिए भने, सचिव अम्बिका प्रसाद भटराईले कार्यक्रम संचालन गरेका थिए।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...