News Portal

अस्पतालका शौचालय : बस्न हैन,पस्नै गाह्रो!

हिमालीसंचार संवाददाता
२१० पटक

काठमाडौं – वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, शौचालय पस्नै कठिन हुन्छ । जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी, परागजस्ता पदार्थ खाएर थुकेको हुन्छ । शौचालयको एउटा ढोका कुहिएको छ, अर्को खुलै रहन्छ ।

दिसा गर्ने प्यानको माथितिर फोहोरै फोहोर हुन्छ । शौचालयभित्रै पानीका बोतल, कपडा जस्ता वस्तु धेरै समयदेखि छन् । शौचालय सफा गर्ने कर्मचारीले त्यता ध्यान दिएको हुँदैन । वीर अस्पतालकै एक तलामाथि रहेको अर्को शौचालय पनि त्यस्तै छ। जताततै फोहोरै फोहोर । प्रायः सबै पिसाब नल भरिएका छन् ।  

त्यसको सिधा आकस्मिक ल्याब अगाडि भने कर्मचारीका लागि मात्र छुट्टै शौचालय व्यवस्था छ । त्यहाँ सर्वसाधारणलाई शौच गर्न ताल्चा लगाइएको हुन्छ । अस्पतालको कुनै कर्मचारीलाई शौच लागेमा चाबी लिएर आउँछन् र शौच गरेर जान्छन् । सर्वसाधारणले प्रयोग गर्ने शौचालयभन्दा अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने शौचालय भने राम्रो छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...