News Portal

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्डफिल साइट नसारेसम्म उच्च जोखिम

हिमालीसंचार संवाददाता
२५५ पटक

काठमाडौं – निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार करिब अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधारका हिसाबले विमानस्थल तयार भइसके पनि हवाई उडान र अवतरण अझै अनिश्चित छ। किनकि विमानस्थल सञ्चालनमा रहेका अप्ठेरा अझै हटिसकेका छैनन्।

विमानस्थल सञ्चालनका ती अवरोध नहटेसम्म हवाई उडान र अवतरण गराउन नसकिने सरोकारवालाको भनाइ छ। हवाई उड्डयन क्षेत्रका प्राविधिकहरूले पोखराको यो विमानस्थल सञ्चालनमा सबैभन्दा ठुलो अवरोध विमानस्थलनजिकैको ल्यान्डफिल साइट रहेको बताएका छन् । पोखरा महानगरले फोहोर व्यवस्थापन गरिरहेको ल्यान्डफिल साइट कहाँ र कहिलेसम्म हटिसक्छ भन्ने अझै निश्चित छैन। 

अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेको ल्यान्डफिल साइट करिब दुई किलोमिटर दुरीमा पर्छ। विमानस्थलनजिक फोहोर व्यवस्थापन गर्दा त्यसले चरा आकर्षित गर्ने र त्यसका कारण हवाई उडान र अवतरणमा जोखिम निम्तिने विज्ञहरूले बताइरहेका छन् । त्यसले गर्दा ल्यान्डफिल अन्यत्र सार्नुपर्ने बाध्यता महानगरलाई छ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...