News Portal

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले नयाँ वर्षकाे शुभकामना आदानप्रदानकाे साथै पत्रकारिता तालिमको प्रमाणपत्र वितरण

हिमालीसंचार संवाददाता
३३९ पटक

कुवेत– नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आयोजना गरेको नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान तथा पत्रकारिता तालिमको प्रमाणपत्र वितरण कार्यक्रम कुवेतको फर्वानिया स्थित एभरेष्ट नेपाली रेस्टुरेन्टमा सम्पन्न भयाे।अप्रील१५दिन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्षनबराज पन्थीको सभापतित्व तथा नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा नव वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान र महासंघले आयोजना गरेको पत्रकारिता तालिममा सहभागी भई तालिम लिएका पत्रकारलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा उपाध्यक्ष राज मल्लले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन सचिब चन्द्र बिस्वकर्मा गोतामेले गरेका थिए । सल्लाहकार आनन्द आचार्य र लोमश बास्तोलाले शुभकामना मन्तव्य राखेका थिए। पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो।त्यसैगरी राजदूत भण्डारीले नव वर्ष २०७९ को शुभकामना ब्यक्त गर्दै भने ‘प्रवासमा रहेर पनि कार्यव्यस्तताको बाबजुद पनि पत्रकारिता सम्बन्धी तालिमको आयोजना गरी पत्रकारितामा क्षमता अभिवृद्धि गर्ने र आम जनसमुदायलाई कलमको माध्यमबाट सूसुचित गरेको कार्य प्रति खुलेर प्रशंसा गर्दछु।

नेपाली दूतावासले नेपाली श्रमिकको हक हितको लागि एक कदम पनि पछि नहटेर काम गरेको छ।अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष नबराज पन्थीले भने ‘पत्रकार महासंघ वैदेशिक शाखा कुवेत पनि नेपाल पत्रकार महासंघबाट मध्यपूर्वमा तेश्रो नम्बरमा मान्यता प्राप्त शाखा हो। नेपाल पत्रकार महासंघको वैदेशिक शाखा मध्य सकृयतामा अग्र पंक्तिमा छ। पत्रकारितामा हाम्रो सक्रियता अझै बढ्ने छ ।त्यसैले दूतावासले हामीलाई उपेक्षा गर्न मिल्दैन। हामीले मागेका सूचनाहरु दूतावासले सहज रुपमा उपलब्ध गराउन पर्दछ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...