News Portal

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले नयाँ वर्षकाे शुभकामना आदानप्रदानकाे साथै पत्रकारिता तालिमको प्रमाणपत्र वितरण

हिमालीसंचार संवाददाता
३९० पटक

कुवेत– नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आयोजना गरेको नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान तथा पत्रकारिता तालिमको प्रमाणपत्र वितरण कार्यक्रम कुवेतको फर्वानिया स्थित एभरेष्ट नेपाली रेस्टुरेन्टमा सम्पन्न भयाे।अप्रील१५दिन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्षनबराज पन्थीको सभापतित्व तथा नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा नव वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान र महासंघले आयोजना गरेको पत्रकारिता तालिममा सहभागी भई तालिम लिएका पत्रकारलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा उपाध्यक्ष राज मल्लले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन सचिब चन्द्र बिस्वकर्मा गोतामेले गरेका थिए । सल्लाहकार आनन्द आचार्य र लोमश बास्तोलाले शुभकामना मन्तव्य राखेका थिए। पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो।त्यसैगरी राजदूत भण्डारीले नव वर्ष २०७९ को शुभकामना ब्यक्त गर्दै भने ‘प्रवासमा रहेर पनि कार्यव्यस्तताको बाबजुद पनि पत्रकारिता सम्बन्धी तालिमको आयोजना गरी पत्रकारितामा क्षमता अभिवृद्धि गर्ने र आम जनसमुदायलाई कलमको माध्यमबाट सूसुचित गरेको कार्य प्रति खुलेर प्रशंसा गर्दछु।

नेपाली दूतावासले नेपाली श्रमिकको हक हितको लागि एक कदम पनि पछि नहटेर काम गरेको छ।अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष नबराज पन्थीले भने ‘पत्रकार महासंघ वैदेशिक शाखा कुवेत पनि नेपाल पत्रकार महासंघबाट मध्यपूर्वमा तेश्रो नम्बरमा मान्यता प्राप्त शाखा हो। नेपाल पत्रकार महासंघको वैदेशिक शाखा मध्य सकृयतामा अग्र पंक्तिमा छ। पत्रकारितामा हाम्रो सक्रियता अझै बढ्ने छ ।त्यसैले दूतावासले हामीलाई उपेक्षा गर्न मिल्दैन। हामीले मागेका सूचनाहरु दूतावासले सहज रुपमा उपलब्ध गराउन पर्दछ।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...