News Portal

  • ११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

    हिमाली संचार संवाददाता
    ५७१ पटक

    काठमाडौं – नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा सिफारिस भएका छन् ।

    प्रहरी नियमावली २०७१  (संशोधन सहित)को  नियम २७ को उपनियम (४)को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

    शनिवार बसेको बढुवा समितिको बैठकले बिनोद शर्मा घिमिरेलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । प्रहरी बरिष्ठ उपरिक्षक विकास श्रेष्ठ दुई नम्बरमा डिआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

    बढुवा समितिले ठाकुर प्रसाद ज्ञवाली, पुर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरि बहादुर पाल, निरज बहादुर शाही, प्रधुम्न कुमार कार्की, हरिभक्त प्रजापती र सुर्य प्रसाद उपाध्यायलाई डिआईजी बढुवाको लागि सिफारिस गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देउवा निवास प्रकरणमा निष्पक्ष छानबिनको माग : महामन्त्री शर्मा

    विराटनगर, असोज ६ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको...

    झलनाथ खनालकी श्रीमती भारतको एपोलो अस्पतालमा भर्ना हुने

    काठमाडौँ, असोज ६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई...

    असोज अन्तिम सातापछि मात्रै मेलम्चीको पानी काठमाडौंमा

    काठमाडौं, असोज ६ – उपत्यकावासीलाई मेलम्चीको पानी पिउन असोजको अन्तिम सातासम्म पर्खिनुपर्ने भएको छ। मेलम्ची...

    चार नयाँ मन्त्रीले लिए शपथ, स्वास्थ्य मन्त्रीको शपथ स्थगित

    काठमाडौं, असोज ६  – राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा चार नयाँ मन्त्रीलाई शपथ गराएका छन्।...

    नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

    काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र...