News Portal

केपी ओली विजुक्छेदेखि विप्लवसंग गठबन्धन गर्ने कसरतमा

हिमालीसंचार संवाददाता
२२० पटक

काठमाडौं – लोसपाका पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो दुवै गठबन्धनका शीर्ष नेताहरूसँग चुनावी तालमेल तथा सिट बाँडफाँटको छलफलमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग ठाकुर र महतो समानान्तर रूपमा छलफल गरिरहेका छन् । जुन गठबन्धनमा आफूलाई बढी फाइदा हुन्छ सोही गठबन्धनमा सहभागी हुने रणनीति लोसपाको छ ।

लोसपाको तराई मधेसमा राम्रो प्रभाव रहेको छ । यस्तै, मधेसको नयाँ तर शक्तिशाली भनिएको डा. सिके राउत नेतृत्वको जनमत पार्टी कुनै पनि गठबन्धनमा सहभागी भइसकेको छैन । जनमत पार्टीसहित हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई आफू नेतृत्वको गठबन्धनमा सहभागी गराउन एमाले अध्यक्ष ओली सक्रिय छन् । 

आन्तरिक रूपमा ओलीले अन्य साना कम्युनिस्ट पार्टीलाई समेत आफ्नो गठबन्धनमा सहभागी गराउन प्रयास जारी राखेका छन् । नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी, सिपी मैनाली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माले), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतलाई आफू नेतृत्वको गठबन्धनमा सहभागी गराएर ओलीले सत्तारूढ गठबन्धनलाई चुनौती दिन खोजेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...