News Portal

  • एकै दिन चार उडान, इतिहासकै ठूलो उपलब्धि

    हिमाली संचार संवाददाता
    ९४२ पटक

    काठमाडौँ  -राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा सेवा विस्तारलाई तीव्रता दिएको छ ।

    व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउन लागेको हो ।

    निगमले आज बिहानै लुक्लामा तीन उडान भरेको छ । निगमका प्रवक्ता अशोक सिग्देलले चीनबाट ल्याइएको वाई–१२ ई विमानबाट लुक्लामा व्यावसायिक उडान भरिएको जानकारी दिए ।

    आज लुक्लाका लागि चार उडान तालिका राखिए पनि मौसमको खराबीले तीन मात्र उडान गरिएको उनले उल्लेख गरे ।

    यो उडानलाई निगमको इतिहासकै ठूलो उपलब्धि मानिएको छ । यसअघि निगमको ट्वीनअटर विमानले बेलाबखत मात्र लुक्लामा उडान गर्ने गर्दथ्यो ।

    पर्यटकीय मुख्ययाम शुरु भएको र लुक्लामा विदेशी पर्यटकको चाप हुने भएकाले पनि निगमले यो गन्तव्यलाई प्राथमिकता दिएको जनाएको छ ।

    लुक्लासँगै डोल्पा, सिमिकोट, ताल्चा, जुम्ला, जोमसोमलगायत क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको प्रवक्ता सिग्देलले जानकारी दिए ।

    करीब २० वटा गन्तव्यमा आन्तरिक उडान भर्दै आएको निगमसँग हाल–दुई ग्राउण्डेडसहित चार वाई–१२, एक एमए–६०, दुई टुइनअटरलगायत नौ वटा विमान छन् ।

    अन्तर्राष्ट्रियतर्फ हाल भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई, हङ्कङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ ।

    एक बोइङ नाइन एसिबी–५७५, एक वाइड बडी ए ३३०–२०० र एयरबस ३२० सिरिजको दुई विमानबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...

    दक्षता र ईमान्दारिताको खडेरी परेको देश – कमला थापा

    २०८२ साउन १८ गते। कुलिन परिवारका कान्छा सदस्य नवयूवराज हृदयेन्द्र शाह आफ्नो आमाको साथ कर्णालीको...

    मिडिया काउन्सिल विधेयकप्रति प्रेस सेन्टर नेपालको आपत्ति : संशोधन नभए चरणबद्ध आन्दोलनको चेतावनी

    काठमाडौं, साउन १८ – प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतासँग खेलबाड भएको आरोप लगाउँदै प्रेस सेन्टर...