News Portal

कक्षा ११ को नतिजा अाज ४ बजेपछि प्रकाशित हुने

हिमाली संचार संवाददाता
७६२ पटक

काठमाडौ -हामी अहिले कक्षा ११ को नतिजा लिनका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीमा आइपुगेका छौं । कक्षा ११ को नतिजा आज हुने भन्दै नतिजा लिन राष्ट्रिय परीक्षा बोर्डबाट हामीलाई बोलाईएको हो ।

बोर्डले आज ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशन भएको घोषणा गरेपछि मात्र नतिजा प्रकाशन गर्ने अनुमती सहित हामीले नतिजा लिइसकेका छौ । जुन ४ बजेपछि मात्र प्रकाशनमा आउँनेछ । हामीलाई हेर्दै गर्नुहोला । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा आज ४ बजे पछि प्रकाशित गर्ने तयारी गरेको छ । नतिजा प्रकाशन अवधिभर हामी यहाँलाई कक्षा ११ को नतिजाको बारेमा प्रत्यक्ष जानकारी गराउने छौ ।
यो पटक बिगतका बर्ष भन्दा निकै छिटो गरि नतिजा सार्बजनिक गर्न लागिएको हो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने लक्ष्य राखेर आइतबारदेखि नै काम अगाडी बढाएको थियाे ।
परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी भइरहेको छ । उनका अनुसार परीक्षण गरिएको उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने काम सकिसकेको छ ।

अहिले विद्यार्थीको हाजिरीलाई रुजु गर्ने काम भइरहेको छ । ‘कुनै प्राविधिक समस्या आएन भने आज नतिजा प्रकाशन गर्नेछौ’, नियन्त्रक शर्माले भने । यो पटक पाँच लाख ४८ हजारले कक्षा ११ को परीक्षाका लागि फाराम भरेका थिए l

ती मध्ये कति जनाले परीक्षा दिए भन्ने तथ्यांक निकाल्नै बाँकी रहेको बोर्डको भनाइ छ । कक्षा ११ को परीक्षा गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको थियो । विगतका वर्षको तुलनामा यस वर्ष निकै छिटो नतिजा सार्वजनिक हुन लागेको शर्माको दाबी छ । विगतका वर्षमा परीक्षा वैशाख जेठमै सञ्चालन भएपनि नतिजा भने पुस वा माघमा मात्रै सार्वजनिक हुने गरेको थियो । यस पटक पनि नतिजा विषयगतरुपमा ग्रेडिङमा सार्वजनिक हुनेछ ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...