News Portal

कक्षा ११ को नतिजा अाज ४ बजेपछि प्रकाशित हुने

हिमाली संचार संवाददाता
७१० पटक

काठमाडौ -हामी अहिले कक्षा ११ को नतिजा लिनका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीमा आइपुगेका छौं । कक्षा ११ को नतिजा आज हुने भन्दै नतिजा लिन राष्ट्रिय परीक्षा बोर्डबाट हामीलाई बोलाईएको हो ।

बोर्डले आज ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशन भएको घोषणा गरेपछि मात्र नतिजा प्रकाशन गर्ने अनुमती सहित हामीले नतिजा लिइसकेका छौ । जुन ४ बजेपछि मात्र प्रकाशनमा आउँनेछ । हामीलाई हेर्दै गर्नुहोला । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा आज ४ बजे पछि प्रकाशित गर्ने तयारी गरेको छ । नतिजा प्रकाशन अवधिभर हामी यहाँलाई कक्षा ११ को नतिजाको बारेमा प्रत्यक्ष जानकारी गराउने छौ ।
यो पटक बिगतका बर्ष भन्दा निकै छिटो गरि नतिजा सार्बजनिक गर्न लागिएको हो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने लक्ष्य राखेर आइतबारदेखि नै काम अगाडी बढाएको थियाे ।
परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी भइरहेको छ । उनका अनुसार परीक्षण गरिएको उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने काम सकिसकेको छ ।

अहिले विद्यार्थीको हाजिरीलाई रुजु गर्ने काम भइरहेको छ । ‘कुनै प्राविधिक समस्या आएन भने आज नतिजा प्रकाशन गर्नेछौ’, नियन्त्रक शर्माले भने । यो पटक पाँच लाख ४८ हजारले कक्षा ११ को परीक्षाका लागि फाराम भरेका थिए l

ती मध्ये कति जनाले परीक्षा दिए भन्ने तथ्यांक निकाल्नै बाँकी रहेको बोर्डको भनाइ छ । कक्षा ११ को परीक्षा गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको थियो । विगतका वर्षको तुलनामा यस वर्ष निकै छिटो नतिजा सार्वजनिक हुन लागेको शर्माको दाबी छ । विगतका वर्षमा परीक्षा वैशाख जेठमै सञ्चालन भएपनि नतिजा भने पुस वा माघमा मात्रै सार्वजनिक हुने गरेको थियो । यस पटक पनि नतिजा विषयगतरुपमा ग्रेडिङमा सार्वजनिक हुनेछ ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...