News Portal

विभिन्न संस्थाहरुद्वारा सन्सारी मन्दिरमा सरसफाई

हिमाली संचार संवाददाता
६५५ पटक

रबिन्द्र बराल माेरङ 

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा प्रसिद्ध मन्दिरको रुपमा चिरपरिचित श्रीसंन्सारीमाई मन्दिरमा शनिबार रंगेलीमा रहेको विभिन्न संस्थाहरुले सरसफाइ गरेका छन ।

मन्दिर परिसरमा रहेको झार जङगल हरुकाे सरसफाइ गरेेेेका छन ।
सरसफाइमा नेपाल प्रहरी ,ससस्त्र प्रहरी , सामुदायिक प्रहरी , सद्भाव बचात तथा ऋण सहकारी संस्था , सृजना फाईनस सन्सारीमाई मन्दिरका ब्यवस्थापन समितिकाे सहकार्यमा सरसफाई गरेकाे हाे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक कबिन्द्र कार्की, सामुदायिक प्रहरी सेवा का अध्यक्ष मचिन्द्र कटुवाल, सद्भाव बचत का अध्यक्ष कमलेश्वर ठाकुर , सृजना फाईन्स का प्रमुख कशाेर दाहाल , मन्दिर समिति का अध्यक्ष संन्जिव श्रेष्ठ , बडा अध्यक्ष रामचन्द्र मंन्डल, स्थानीय बुद्धिजीवी लागयत ले मन्दिर परिसर भित्र सरसफाइ गरेका हुन ।

घटस्थापना देखि टिकाकाे दिन सम्म २१ ब्राह्मण हरु द्वारा सप्तशति चन्डिकाे पाठ गर्नुका साथै विशेष पुजा अर्चना समेत गर्ने गरिन्छ भने राति काे समयमा बिभिन्र कलाकार हरु द्वारा बेलुकी काे समयमा भजना कृतन समेत गर्ने गरिन्छ ।

बिराटनगर देखि २२ किलोमिटर पुर्वमा रहेको रंगेली ६ मा अवस्थित चिसाङ खाेलाकाे बगरमा उक्त मन्दिर रहेको छ । राणा काल भन्दा अगाडि देखि साे स्थानमा माता देवी काे वासस्थान रहेको बुडा पाका हरु बताउछन् ।

अहिले साे मन्दिरमा भक्तजन हरुकाे अास्था बडि रहेको हुनाले मन्दिरमा बृद्ध,बृद्धा देखि युवा हरु मन्दिरमा पुजा अर्चना गर्ने अाउन थालेकाे मन्दिर व्यवस्थापन समिति का अध्यक्ष संन्जिव श्रेष्ठले बताए ।

उक्त मन्दिरमा अहिले दमक,बिर्तामोड , गाैरीगंञ्ज, ईनरुवा,दुहबी ,घरान, बिराटनगर ,बेलवारी,उर्लाबारी ,अमरदह, र भारतकाे कलकता, हरियाना, कुवाडि लगायतका स्थान हरुबाट भक्तजन हरु अाएर पुजा अर्चना गर्ने गर्देछन ।

मन्दिरमा निकै पुरानो रुख मुनि देविकाे बाँस रहेको पाईन्छ । साे मन्दिरमा अाफुले चाहेको मनकामना पूरा गर्ने भक्तजन हरुकाे ठुलाे घुईचाे लाग्ने गरेको छ । त्यति मात्रै हाेइन त्यहाँ भाकल गरेको ९० दिन भित्र मनाेकामना पूरा हुने त्यहाँका पुजारी बताउछन ।

साे मन्दिरमा भाकल गर्दाे कसैले बाेकाकाे बलि दिन्छन भने कसैले परेवा उडाउने गर्छन् त कसैले नरिबल काे पानी चडाएर अाफ्नाे भाकल परा गर्छन । साे मन्दिरमा अहिले विशेष गरि शनिबार र मंगलवार विशेष भक्तजन हरुकाे धुईचाेलाग्ने गरेको छ । उक्त मन्दिरमा भाकल गरेर बाेका काे बलिदिने गरेता पनि साे बाेका काे मासु त्यहीं पकाएर प्रसादि काे रुपमा खानुपर्ने र घर लैजान नहुने परम्परा रहेको समितका काेषा अध्यक्ष अाेमकार थापाले बताए ।

हरेक बर्षकाे बिगत बर्षमा भारत अररिया जिल्ला पलासमणि १ घर भएकी ४५ बर्षीय अनिता चाैधरी छातिमा जमरा उमारी रहेकि थिन । अनिताकाे भाकल पूरा भए पछि अझ साे मंन्दिर प्रतिकाे जनविस्वास अझ दिन प्रतिदिन बडिरहेकाे स्थानीय बताउँछन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...